कानेउन्यु, हंसपादी अथवा हंसराजबुटी रानीसिन्का जस्तै ओसिलो चट्टान तथा पर्खालहरूमा उम्रने वनस्पति हो । यसको पात हाँसको खुट्टा जस्तै दुईतिर फैलिएको १ देखि २ सेमि लामो अगाडिको किनारा घुमेको हुन्छ । यो फूल नफुल्ने वनस्पति हो जसको पुनरूत्पादन बीजाणु (स्पोर)को माध्यमबाट हुन्छ । यसको पातको किनारामा बीजाणु कोषहरू हुन्छन् । यसको बोटलाई सुकाएर पिसेर बनाइएको धुलो वा पकाएको काँढापानीले ज्वरो, रुघाखोकी, पेटसम्बन्धी विभिन्न रोगहरूमा लाभ पुर्याउँछ । एक चम्चा धुलो मनतातो पानीसँग खाँदा कफ र छातीको रोगबाट मुक्ति पाउन सकिन्छ । महिलाहरूको मासिकधर्ममा गडबडी हुने तथा तल्लो पेट दुख्ने समस्यामा पनि यो वनस्पतिको प्रयोग गरिन्छ । यसको प्रयोग रक्त विकार, बिषविकार तथा घाँटीको समस्यामा पनि गरिन्छ । यसलाई गुर्जोको साथमा मिसाएर खाँदा लाभदायक हुन्छ । [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-५२६, आइएसबिएन 978-99946-1-630-5 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्