कश वंश प्राचिन बेबिलोनियाको पुरानो साम्राज्यको पतन हुनासाथ त्यस क्षेत्रमा शासन गर्ने वंश हो । कशहरूको आन्तरिक नाम गाल्जु थियो र उनीहरूलाई कशु, कशीकश्शी पनि भनिन्थ्यो ।

बेबिलोनियाको कश वंश

अनुमानित (ई. पू. १६०० - ई.पू. ११५५)
१३ औँ शताब्दीमा कश वंशको बेबिलोनिया
१३ औँ शताब्दीमा कश वंशको बेबिलोनिया
राजधानीदुर-कुरिगाल्जु
आम भाषाहरूकश भाषा
सरकारराजतन्त्र
राजा 
• ई.पू. १५०० अ.
अगुम द्वितिय (पहिलो)
• ई.पू. ११५७ - ई.पू. ११५५
इनलिल-नादिन- (अन्तिम)
ऐतिहासिक कालकाँस्य युग
• स्थापित
ई. पू. १५३१ अनुमानित
• बेबिलोनियाको पतन
ईसा पूर्व १५३१ अ.
• अस्सिरिया र इलामको हमला
ईसा पूर्व ११५८ अ.
• विस्थापित
ई. पू. ११५५ अनुमानित
पूर्ववर्ती
उत्तरवर्ती
पुरानो बेबिलोनियन साम्राज्य
मध्य अस्सिरियन साम्राज्य
इलाम साम्राज्य
अचेल इरान
 इराक

हिट वंशले बेबिलोनियाको पतन ई.पू. १५९५ मा गराएपछि (संक्षिप्त वंशावली अनुसार ई.पू. १५३१), कश वंशले दूर-कुरिगाल्जुमा वंश खडा गरे ।[१][२] कशहरू निम्नस्तरका सैनिक सामन्ती भएपनि सक्षम शासक थिए । उनीहरू जनतामा अप्रिय थिएनन् ।[३] उनीहरूको ५०० वर्षको शासनले बेबिलोनियाको आगामी संस्कृतिको विकास गर्ने पृष्ठभूमि सृजना गर्यो ।[२] बेबिलोनियामा पूजा गरिने प्राचिन घोडा यिनै कश वंशले भित्र्याएका थिए ।[३]

कश भाषाको विश्वको एक अवर्गीकृत भाषा हो ।[२] यस भाषाको सम्बन्ध हुर्रो-युरारतियन समुहसँग हुनसक्छ ।[४] केही कश शासकहरूको नाम []भारोपेली]] भएको हुनाले उनीहरू मितानी सामन्तजस्तै हुर्रो-युरारतियन समुहका हुनसक्छन् ।[५][६]

स्रोतहरूसम्पादन

  1. "The Old Hittite Kingdom", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२ 
  2. २.० २.१ २.२ "The Kassites in Babylonia", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२ 
  3. ३.० ३.१ "Kassite (people)", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२ 
  4. Arnaud Fournet (जुन २०११), "The Kassite Language In a Comparative Perspective with Hurrian and Urartean", The Macro-Comparative Journal 2 (1): 1–19। 
  5. "India: Early Vedic period", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२ 
  6. "Iranian art and architecture", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२