==कल्पठे देवता[१]==

जिमुवामा कल्पठे देवताको मन्दिर

कञ्चनपुर जिल्ला भिमदत्तनगरपालीका वार्ड नम्बर १० जिमुवामा कल्पठे देवताको स्थापना रहेको छ । यस देवताको मन्दिर गड्डाचौकी भन्सारबाट झण्डै ४ किलो मिटर उत्तरहुँदै जाने ब्रह्मदेवको वाटाको पश्चिमतर्फ रहेको छ । यहाँ कालो वोकाको वलि दिने गरिन्छ । यस देवताको स्थानमा सयौंको संख्यामा वोकाको वलि हुन्छ । यहाँका जानकारहरुका अनुसार यस देवताको शक्ति अदभूत रहेको बताउने गर्दछन् । कल्पठे देवता भनेका कालिका देवी हुन भनेर बताउने गरिन्छ । बैजनाथबाबाको क्षेत्र मानिने यो भूमिमा कालिका देवी स्थापित रहेकी छन् । कालिका देवी कैलाली र कञ्चनपुरमा स्थापित मोहन्याल, ग्वासीसमैजी,सिद्धनाथ र वैजनाथ देवतासँग पनि छन् ।

चित्र:Kalpathe (Kalikadevi).jpg
कल्पठे देवता

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. स्थलगत अध्यन, स्थानीय व्यक्तिहरुका भनाईमा आधारित