ओभर-द-काउन्टर (वित्त)
(ओटीसी (वित्त)बाट अनुप्रेषित)
सेयर बजार व्यापारमा दलाल सङ्गठन/ ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओभर-द-काउन्टर (ओटीसी) (अङ्ग्रेजी: Over-the-Counter) भनिन्छ । सामान्यतयाः बजारमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओभर-द-काउन्टर (ओटीसी)मार्फत सेयर व्यापार गर्ने गरिन्छ । [१]
सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन ।