ऐंठा (अङ्ग्रेजी: Aaitha) एक किसिमको नेवारी रोटी हो। यसलाई ऐंठामरीको नामबाट समेत चिनिने गर्दछ । यो रोटीको आकार ‌औंठी आकारको हुने गर्दछ । यो परिकारमा मैदा तथा तिललाई घिउमा पकाई त्यसलाई चिनीको झोलमा राखि बनाइने गरिन्छ ।

ऐंठा
दोकानमा राखिएको ऐंठामरी
प्रकारमिठाई
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यकाठमाडौँ
मुख्य सामग्रीहरूपिठो, चिनी, घिउ

सामग्री सम्पादन गर्नुहोस्

  • मैदाः १ किलो
  • घिउः १ पाउ
  • तिलः २ पाउ
  • खाने सोडाः १ चम्चा
  • बेकन पाउडरः आधा चम्चा

विधि सम्पादन गर्नुहोस्

एउटा गहिरो भाँडामा मैदा, घिउ, तिल, सोडा तथा बेकन पाउडर हालेर मुछ्ने। त्यसपछि घिउमा सेलको आकारमा पकाउने। खैरो भएपछि झिकेर चिनीको झोलमा डुबाउने। एक घन्टा डुबाएर त्यसलाई ट्रेमा राख्ने। चिसो भएपछि रिंग ऐंठा खान तयार हुन्छ। यसलाई धेरै दिनसम्म राखेर खान सकिन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्