एल.पी. जोशी
एलपी जोशी -- गायक/सङ्गीतकार/गीतकार
एल पी जोशी नेपाली लोक सङ्गीतमा बरिष्ठ गायक सङ्गीतकार गीतकार हुन्। बिक्रम सम्बत् १९९३ सालमा धनकुटा–६ बीचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका थिए । बाल्यकालदेखि गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राटको उपाधिसमेत पाएका थिए । खासगरी उनको रिटिङ रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजालगायतका गीतहरू बहुचर्चित छन् । १५ वर्षको उमेरमै गीत संकलन गरेर गाउन थालेका जोशी वि.सं. २०२० को दशक औधी चर्चामा रहे । रेडियो नेपालमा उनको गीत बझिरहन्थ्यो । त्यसपछि पनि गुमनाम भएनन्, उनको गीतको चर्चा भइरह्यो । जीवनको उत्तरार्धमा उनी आफैं पनि गीत-संगीतको प्रवर्धनमा सक्रिय थिए ।
हिन्दी भजन गाएर सांगितिक यात्रा शुरु गरेका जोशीलाई लागेको थिएन कि सुप्रसिद्ध लोक गायक नै बन्छु भन्ने तर उनी गायक नै भएर अमर भए । २००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप तिखारे ।
वि.सं. २०१३ सालमा पहिलो गीत ‘नेपाली माया नेपालै कस्तो छ, सरमा सर अक्षर लेख्ने नेपाली माया नेपाली कागजैमा’ बोलको रेकर्ड गराएका थिए । २०२० साल पहिल्यै उनका धेरैजसो गीत रेकर्ड भइसकेका छन् । सुनेको कुरा टपक्क टिप्ने खुबी थियो उनमा । प्रायः उनका सबै गीत जनजनको हृदयमा झुन्डिएका छन् । निरन्तर साधना, जादुमय कौशल र मीठो स्वरको कारण उनी विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भए । २०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट उनले स्वर्ण पदक थापेका थिए । उनले २०५९ सालमा रेडियो नेपालबाट पनि सुप्रसिद्ध लोकगायकको उपाधि पाएका थिए ।
त्यस्तै लोकसंगीतकै क्षेत्रमा योगदान गरेबापत २०२२ र २०२९ सालमा उत्कृष्ट लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान सम्मान, २०६२ सालमा वाणी प्रकाशन, २०७७ सालमा स्वर सम्राट नारायण गोपालको ३० औ स्मृति दिवस जस्ता ख्याति प्राप्त संघसंस्थाबाट सम्मान र अभिनन्दन पाएका थिए ।
अभिनय, नृत्य, चित्रकला, खेलकूद र साहित्य क्षेत्रमा पनि उनको रस भिजेको थियो । चलचित्र ‘हिजो आज भोलि’ मा उनले नायिका भुवन चन्दसँग कुशल नायकको भूमिका निर्वाह गरेका थिए । उनले नौ चलचित्रमा अभिनय गरेका छन् । उनी निकै रउसे थिए । उनी जहाँ पुगे पनि गीत गाउने छोड्दैन थिए । उनी जति रउसे थिए, उत्तिकै हक्की पनि थिए । ‘बुवाले भजन गाएको देखेर १५÷१६ बर्षमै हार्मेनिमा हात बसाउँदा लागेको थिएन मेरो सांगीतिक क्षेत्रकै ढोका खुल्यो । तर भइदियो त्यस्तै जुन मैले सोचेकै थिइन ’ उनले भने ‘त्यसपछिका दौडधुपले सायदै मात्र साँस्कृतिक कार्यक्रमहरु छाडे ।’ यसैगरी पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको गीतिनाटकसमेत मञ्चन गरेका थिए।
नजरबन्ददेखि सुप्रसिद्ध लोकगायकसम्म
नेपाली लोकसंस्कृतिलाई टपक्कै आफ्नो भाकामा टिप्न सिपालु गायक जोशीका ४०/४५ वटा लोकगीत सबैजसो नै चर्चित बने ।
परिणामतः उनले २०५९ सालमा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको उपाधी पाए । त्यतिबेला हर्षले उनका आँखा टिलपिलाए ।
हिन्दी भजन गाएर सांगितिक यात्रा शुरु गरेका जोशीलाई लागेको थिएन कि सुप्रसिद्ध लोक गायक नै बन्छु भन्ने तर उनी त्यही उपाधीबाट सम्मानीत भए ।
‘बुवाले भजन गाएको देखेर १५/१६ बर्षमै हार्मेनिमा हात बसाउँदा लागेको थिएन मेरो सांगीतिक क्षेत्रकै ढोका खुल्यो । तर भइदियो त्यस्तै जुन मैले सोचेकै थिइन ’ उनले भने ‘त्यसपछिका दौडधुपले सायदै मात्र साँस्कृतिक कार्यक्रमहरु छाडे ।’
उनी जहाँ जहाँ जान्थे गीत गाउने इच्छा राखिहाल्थे । धनकुटामा जन्मिएका जोशीको मावली घर धरान ।
मावली पुग्दा उनले त्यसबेला चर्चामा रहेको शेर्पा भाषाको गीत समेत छाडेनन् । अर्थै नबुझे पनि उनले सोयाला बोलको गीत गाएर साथिसंगिलाई चकित पारे ।
कसैमाथि पनि अन्याय र अत्याचार भए खुलेर लड्नुपर्छ भन्ने हक्की स्वभावका थिए जोशी । त्यसैले त उनी २०१३ सालमा इलामको जेलमा ४ महिना नजरबन्द पनि परे ।
कारण थियो इलाम हाइस्कूलका प्रधानाध्यापक डीवी गौतमलाई विना कारण गरिएको गिरफ्तारी । त्यसैकाबिरुद्ध लड्दा उनी जेल पुगे । तर ४ महिनामै छुटे ।
महेन्द्रको राज्यभिषेकले जुराएको सुखद संयोग
जीवन नै संगीत हो भनेर व्याख्या गर्ने जोशी नजरवन्दबाट छुटेपछि पनि आफ्नो साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइरहे ।
यत्तिकैमा उनलाई तत्कालिन राजा महेन्द्रको राज्यभिषेक कार्यक्रममा जाने आउने अवसर जुट्यो । हो यही बेला उनको पहिलो गीत पनि रेकर्ड भयो ।
२०१३ सालमा रेडियो नेपालबाट रेकर्ड भएको उनको पहिलो गीत थियो ‘नेपाली माया नेपालै कस्तो ।’ गला र कलामा पनि उत्तिकै माहिर उनी चित्र बनाउन पनि पछि पर्दैनन् ।
२००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप तिखारे । यसैकारण उनका घरका केही कोठा सम्मान र पुरस्कारले नै भरिएका छन् ।
२०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौं सम्मान पाएका छन ।
लोकगीत संगीतकै क्षेत्रमा योगदान पुर्याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ठ लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्याति प्राप्त संघसंस्थाहरुबाट सम्मान मात्र होइन अभिनन्दीत हुने अवसर पनि पाए ।
२०१३ सालमा रेडियो नेपाल प्रवेश गरेका जोशीको आबद्धता बोन्साई साहित्य प्रतिष्ठान दमक, अरुण उपत्यका साँस्कृतिक समूह, साहित्य कला संगम दमक, साहित्य चौतारी विर्तामोड, साधना कला केन्द्र धरान, दमक क्याम्पस साहित्यीक मञ्च जस्ता दर्जनौं संघसंस्थासँग आज पनि कायमै छ ।
साहित्य लेखनका समेत प्यासी जोशीले लोक गीत, लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ २०६० सालमा नै सार्वजनिक गरिसकेका छन् ।
गीत, संगीत र मौलिक संस्कृति संकलन र जगेर्नाका क्षेत्रमा खटेका उनले किराती समुदायको बाजा ‘बिनायो’लाई चिनाएका थिए । उनलाई पनि ‘रिटिङरिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतले प्रसिद्धीको शिखरमा पु¥याएका थिए । रेडियो नेपालमा रेकर्ड भएको उनको यो गीत चलचित्र ‘हिजो–आज–भोलि’ मा समेटिएको पनि समेटिएको छ । रेडियो नेपालमा उनका तीन दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । यी जस्तै ‘खिपीमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दै छ गम्केर चट्टै’, ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ–ढोल बज्यो घुम्घुम्ती’, ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’, ‘केको माला केको माला सुपारीको माला’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ उनले गाएका अति लोकप्रिय गीत हुन् । गायक फत्तेमानले गाएको लोकगीत ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ’ , पुष्प नेपाली र रुवी जोशीले रेकर्ड गरेको ‘कान्छी मट्याङ–ट्याङ’ गीत जस्ता उनले दर्जनौं गीत संकलन गरेका छन् । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै चर्चित छन् । उनले सयौं गीत गाए पनि मौलिक बाजा बिनायोले नै उनलाई चर्चामा ल्याएका थिए ।
त्यस्तै गीत–संगीत र मौलिक संस्कृति जगेर्नाका क्षेत्रमा खटेका जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो ।
‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । तर पछि २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।
लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए । ‘उनलाई भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । पछिल्लो समयमा राष्ट्रपतिबाट पनि सम्मानित भएका थिए ।
जोशी बोन्साई साहित्य प्रतिष्ठान दमक, अरुण उपत्यका साँस्कृतिक समूह, साहित्य कला संगम दमक, साहित्य चौतारी विर्तामोड, साधना कला केन्द्र धरान, दमक क्याम्पस साहित्यिक मञ्च जस्ता दर्जनौं संघसंस्थासँग आबद्ध रहेर काम गरेका थिए । साहित्य लेखनका समेत प्यासी जोशीले लोक गीत, लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ २०६० सालमा नै सार्वजनिक गरेका थिए ।
ओल्लो खोलो पल्लो खोलो
कमिलाको गोलो भनेर
हो राना ज्यू, कमिलाको गोलो भनेर ।
च्याट्टै पारी सिइदेउ दर्जी
च्याट्टै पारि सिइदेउ दर्जी
कान्छी ल्याउने चोलो भनेर हौ राना ज्यू कान्छि ल्याउने चोलो भनेर ।’
कान्छी ल्याउने चोलो सिउन दर्जीलाई विन्ती गरिरहेका जोशी बुढेसकालमा बरु एक्लै भए । श्रीमतीको निधनपछि उनले कान्छी ल्याउने हिम्मत गरेनन् । श्रीमती विन्दालाई गुमाएपछि उनी ८ बर्षदेखि एक्लै जीवन गुजारिरहेका गायक जोशीको ८८ वर्षको उमेरमा २०८१ साउन १० गते निधन हुन पुग्यो । राष्ट्रले एक अमूल्य निधि गुमायो तर गायक जोशी सदासर्वदा अमर भए । उनकोे सिर्जना सदाबहार बनिरह्यो ।