एर्फर्ट कार्यक्रम - जर्मन सामाजिक-जनवादी पार्टीको यो कार्यक्रम सन् १८९१को अक्टोबर महिनामा एर्फर्टमा सम्पन्न भएको महाधिवेशनमा पारित भएको थियो । अघिल्लो गोथा कार्यक्रम (सन् १८७५) भन्दा एर्फर्ट कार्यक्रम एक पाइला अगाडि थियो । यो कार्यक्रम पुंजीवादी उत्पादन पद्धतिको अवश्यम्भावी पतन हुनेछ र त्यसको ठाउँमा अनिवार्यतः समाजवादी उत्पादन पद्धति स्थापित हुनेछ भन्ने मार्क्सवादी शिक्षामा आधारित थियो । एर्फर्ट कार्यक्रममा मजदुरवर्गको राजनीतिक संघर्षमाथि जोड् दिइएको थियो र यस संघर्षमा पार्टीको नेतृत्वदायी भूमिका स्पष्ट पारिएको थियो । तर एर्फर्ट कार्यक्रम अवसरवादसमक्ष गम्भीर छुटहरू पनि दिइएका थिए । फ्रेडरिख एंगेल्सले 'सन् १८९१को सामाजिक-जनवादी कार्यक्रमको मस्यौदाको आलोचनाबारे' भन्ने आफ्नो कृतिमा एर्फर्ट कार्यक्रमको विस्तृत आलोचना गर्नुभएको थियो । परन्तु जर्मन सामाजिक-जनवादको नेतृत्वल्ले आम पार्टी कार्यकर्ताहरूबाट एंगेल्सको आलोचना छिपाएको थियो र कार्यक्रमको अन्तिम पाठ तयार पार्दा उहाँको महत्त्वपूर्ण टीका-टिप्पणीहरूलाई वास्ता गरिएको थिएन । एर्फर्ट कार्यक्रममा सर्वहारावर्गको अधिनायकत्वबारे कुनै उल्लेख नहुनु अवसरवादसमक्ष गरिएको यस कायरतापूर्ण छुटको मुख्य कमजोरी थियो भनेर भ्ला.इ. लेनिनले भन्नुभएको थियो | [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४७६