एन्डी वर्हाल
एन्डी वर्हाल (/ˈwɔːrhɒl/;[१] जन्म एन्ड्रयु वर्हाल जुनियर; अगस्ट ६, १९२८ – फेब्रुअरी २२, १९८७) अमेरिकी चित्रकार, चलचित्र निर्देशक, निर्माता, र पप कला आन्दोलनका प्रमुख व्यक्ति थिए। उनका कार्यहरूले कलात्मक अभिव्यक्ति, विज्ञापन र सेलिब्रेटी संस्कृति बीचको सम्बन्धको अन्वेषण गर्दछ जुन १९६० को दशकमा फस्टाएको थियो।
पिट्सबर्ग मा जन्मे र हुर्केका वर्हालले सुरुमा व्यवसायिक चित्रकारको रूपमा सफल करियर बनाए। १९५० को दशकको अन्तमा धेरै आर्ट ग्यालरीमा आफ्नो काम प्रदर्शन पछि, उनले एक प्रभावशाली र विवादास्पद कलाकारको रूपमा मान्यता पाउन थाले। उनको न्युयोर्क स्टुडियो, द फ्याक्ट्री, प्रतिष्ठित बुद्धिजीवीहरू, ड्र्याग क्वीन्स, नाटककारहरू, बोहेमियन सडकका मानिसहरू,सेलिब्रेटीहरू, र धनी संरक्षकहरूसँग हलिउड एकै ठाउँमा भेला हुने ठाउँ बन्यो।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Random House Webster's Unabridged Dictionary: "Warhol" वेब्याक मेसिन अभिलेखिकरण जुलाई ५, २०१७ मिति
- ↑ Trebay, Guy; La Ferla, Ruth (नोभेम्बर १२, २०१८), /www.nytimes.com/2018/11/12/style/andy-warhol-factory-history.html "वर्हाल फ्याक्ट्रीका किस्साहरू - वर्हाल फ्याक्ट्री भनिने तीनवटा क्रमिक ठाउँहरू मध्ये प्रत्येकमा, एन्डी वर्हालले जीवनका धेरै दशकहरूमा चलचित्रहरू, चित्रहरू, टाइम क्याप्सुलहरू र साइकोसेक्सुअल नाटकहरू सिर्जना गरे। यहाँ उनका सहयोगीहरूले ठाउँ, समय र मानिस सम्झाउँछन्।", द न्युयोर्क टाइम्स, मूलबाट जनवरी १, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१८।