एकनाथ ढकाल

नेपाली राजनीतिज्ञ

इ. स. १९७४ अगस्ट १३ का दिन गोर्खा जिल्लाको बोर्लाङ्ग गा. बि. स.मा जन्मनु भयकोएकनाथ ढकाल नेपालको प्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । [१] उहाँ युनिभर्सल पिस फेडेरेसन नेपालको प्रमुख तथा नेपाल परिवार दलको अध्यक्ष पनि हुनुहुन्छ।[२] ढकाल २००८को संबिधान सभा निर्बाचनबाट नेपाल परिवार दलको प्रतिनिधित्व गर्दै संबिधान सभामा सभासद बन्नु भयो र संबैधानिक समितिमा सदस्य रहनु भयो। [३] मे १६, २०१२ मा नेपाल सरकारको मन्न्री पदको सपथ ग्रहण गरी नेपालको प्रथम सहकारी तथा गरीबी निवारण मन्न्री बन्नु भयो।[४] ढकालले नेपालको इतिहाँसमा प्रथम पटक राष्ट्रिय सहकारी नीति ल्याई सहकरिकर्मिलाई उत्साहित बनाउन सफल भय। [५]ढकालले मन्न्री रहदा गोरखाबाट बिपन्न घर परिवार परिचय पत्र वितरण अभियान सुरु गरेका थिय । [६] नेपालको राजनीतिमा "अग्रपन्थी लोकतन्त्र (हेड-विङ्ग डेमोक्रेसी) नामक नया विचारको स्थापना गरी राजनीतिक-सामाजिक अभियान सञ्चालन गरिरहनु भएको ढकाल अन्तरास्ट्रिय ब्यक्तित्व पनि हुन्। उहाले विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुख लगाएत सँग भेट गर्नु भएको छ। ढकालले राष्ट्र र जनता: पहिलो प्राथमिकता भन्ने अभियान पनि सञ्चालन गरी राजनीतिमा चर्चाको वरिपरि हुनुहुन्छ।[७] चुनाबी सरकार गठन गर्ने गृहकार्यमा दलहरू लाग्दा एकनाथ ढकालको नाम प्रधानमन्त्री बन्ने सुचिमा चर्चामा आएको पनि थियो। [८] ढकालको पार्टीमा नेपालका बुद्धिजिबी बर्गको उल्लेख्य समर्थन रहेको छ [९] ढकाल नेपालको दोश्रो संबिधानसभामा समानुपातिक निर्बाचन प्रणालीवाट निर्बाचित हुनु भयको छ र उहाले नेतृत्व गरेको नेपाल परिवार दलले संबिधान सभामा २ सिट हासिल गरेको छ । [१०] ढकालले प्रजातन्त्र र कम्युनिजम बाबु आमा बिनाको टुहुरो दाजुभाइ भएको टिप्पणी गर्दै आफ्नो पार्टी सवैखालका वादको मिलविन्दु हुनसक्ने बताउदै आयका छन । [११] ढकालले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह विच भेट गरी नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने प्रयास गरेका थिय ।[१२]

Ek Nath Dhakal meeting Bangladeshi President Mohammad Abdul Hamid in Dhaka

श्रोत सम्पादन गर्नुहोस्