उत्तरजीवी पूर्वाग्रह

उत्तरजीवी पूर्वाग्रह एक तार्किक त्रुटि हो जसमा असफल र सफल मानिस, व्यापार र वस्तुमा बराबर ध्यान जानुको साटो हाम्रो ध्यान सफलता प्राप्त गर्नेतिर मात्र जान्छ। उत्तरजीवी पूर्वाग्रहको कारण हामी सही निस्कर्षको सट्टा गलत निस्कर्ष ठम्याउन सक्छौँ। यो पूर्वाग्रहको उत्पत्ति मानिसले तार्किक र सहि तथ्यमा आधारित विश्‍वास राख्नुको साटो आशावादी विश्‍वास राख्‍ने प्रवित्तिबाट हुन सक्छ।

उदाहरणहरू सम्पादन गर्नुहोस्

वित्तमा, असफल कम्पनीहरूलाई प्रदर्शन अध्ययनबाट छाडेर ती कम्पनीहरू बिना नै अध्ययन गरिन्छ किनभने असफल कम्पनी बन्द भइसकेका हुन्छन् र तिनीहरूको अस्तितव कागजबाट हराइसकेको हुन्छ। यस्ता अध्ययनहरूले कम्पनीहरूले वास्तविक रूपमा जुन दरमा सफलता प्राप्त गरिरहेका हुन्छन् त्यो भन्दा ठुलो दर निकालिदिन्छ। [१]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "How to think about diversification - Page 3 - Bogleheads.org", www.bogleheads.org, अन्तिम पहुँच २०२०-१०-२६