इन्स्टाफोन पाकिस्तान पहिलो सञ्चार सेवा प्रदायक हो । यसलाई एम/एस पाककम लिमिटेड, एक दूरसञ्चार कम्पनी र देशमा दूरसञ्चार उद्योगको थालनी कर्ताद्वरा सुरूवात गरेको थियोे । सुरूमा यसलाई संयुक्त रूपमा एम / आर्फिन र मिलिकम अन्तर्राष्ट्रिय (लक्समबर्ग) को स्वामित्व ,रहेको थियो र पछि यसलाई आर्फिन समूह द्वारा अधिग्रहण गरिएको थियोे । यसको मुख्यालय पाकिस्तानको राजधानी शहर इस्लामाबादमा अवस्थित थियोे ।

इन्स्टाफोन
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
विधासहायक कम्पनी
भवितव्यताइजाजतपत्र खारेज
स्थापित१९९१[१]
बन्द४ जनवरी २००८ (इजाजत पत्र रद्द)
केन्द्रीय कार्यालय
इस्लामाबाद
,
पाकिस्तान
मुख्य व्यक्ति
इयान विलियम्स, प्रमुख कार्यकारी अधिकृत
उत्पादनहरूइन्स्टाएक्ससाइट, इन्स्टाफोन पोस्टपेड
मूल सङ्गठनमिलिकम अन्तर्राष्ट्रिय सेलुलर (पहिला), अर्फिन समूह (हाल)
वेबसाइटinstaphone.com

इतिहास सम्पादन गर्नुहोस्

सन् १९८९ मा पाकिस्तान सरकारले दुईवटा सञ्चार सेवा प्रदायक, एम/एस पाककम लिमिटेड र एम/एस पाकटेल लिमिटेड बोलि प्रक्रियामा विजयी भई १५ वर्षको लागि इजाजत पत्र हासिल गरेको थिए । त्यस मध्यको तेस्रो कम्पनी (एम/एस पाकिस्तान मोबाईल दूरसञ्चार लिमिटेड) कम्पनीले चाहिने वा आवश्यक मापदण्ड पूरा नभएका कारण बोलि प्रक्रियामा चुकेको थियोे र इजाजत पत्र पनि पाउन सकेन ।

यी दुई कम्पनीहरूले आफ्नो सेलुलर सेवा सुरू गर्न डौड गरेका थिए र इन्स्टाफोनले १६ अक्टोबर १९९० मा ३ रेडियो बेस स्टेसन सहित आफ्नो सेवा सुरु गरेको थियोे र हप्तामै यस दौड जितेको थियोे । सुरू गरेकै महिनामा यसले पाकिस्तानको राजधानी शहर इस्लामाबादमा आफ्नो पहिलो सेवा सुरू गरेको थियोे । पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको नेटवर्क जोडिएको मा र इस्लामाबादको सेटेलाइट साटिएका कारणले यसको सेवा पेशावरमा अप्रिल १९९१ मा शुरू गरिएको थियोे । पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको (पिटिसिएल) नेटवर्क जोडिएको मा र कराचिको सेटेलाइट साटिएका कारणले यसको सेवा क्वेटा पनि सञ्चालन गरिएको थियोे ।

पाकिस्तान दूरसञ्चार प्राधिकरणले जनवरी २००८ मा इजाजत पत्र नवीकरण शुल्क २९२ मिलियन अमेरिकी डलर नतिरेका कारण यसको इजाजत पत्र खारेज गरेको थियोे ।[२] इन्स्टाफोनले यस निर्णयमा अपिल गर्दै २००४ को राष्ट्रिय मोबाइल सेलुलर नीतिलाई चुनौती दिदै यसले एक निवेदन पेश गरेको थियोे ।[३] १४ अप्रिल २००९ मा इस्लामाबादको उच्च अदालतले, पेश गरिएको निवेदन र अपिललाई खारेज गरेको थियो । अदालतले ६ मे २००९ मा लाइसेन्स शुल्कको भुक्तानीका लागि अन्तिम समय दिएको थियोे ।

इन्स्टाफोनले ऋण तिर्न नसकको घोषणा गरेको थियोे ।

बजार साझेदारी सम्पादन गर्नुहोस्

यश कम्पनीको इजाजतपत्र रद्द हुनु भन्दा अघि, यो बजार साझेदारीको सन्दर्भमा तल्लो तहमा राखिएको थियो । आर्थिक वर्ष २००३ देखि २००७ सम्मको बजार शेयर निम्न उल्लेखित छ ।

राजस्व, मिलियन पाकिस्तानी रूपैयाँ.[४]
२००३-०४ २००४-०५ २००५-०६ २००६-०७
३,१९६ २,६९३ १,५३९ ४७२

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्