आशा आर्काइभ्स् नेपाली पाण्डुलिपिहरूको सार्वजनिक संग्राहलय हो जुन आशा मान सिंह कंसकारको नाममा स्थापना भएको छ। सन १९८५मामा प्रेम बहादुर कंसकारले आफूसँग भएका पुस्तक तथा लेखहरू दान गरेर यस संग्राहलयको सङ्कलन कार्य सुरू भएको हो। त्यसपछि धेरै दाताहरू मार्फत प्राप्त दानबाट यस संग्राहलयको सङ्ग्रह थपिन गएको छ।

सन १८८७मा यसको उदघाटन भएदेखि यो संग्राहलय जनसाधारणलाई खुला गरिएको हो।

यस संग्राहलयका उद्देश्यहरू निम्नलिखित छन्।

सार्वजनिक सहयोगमा नेपालभरी रहेका महत्त्वपूर्ण पाण्डुलिपिहरू सङ्कलन गर्ने। त्यसरी प्राप्त पाण्डुलिपिहरू संरक्षित गर्ने। महत्त्वपूर्ण पाण्डुलिपिहरू सार्वजनिक तथा अनुसन्धानकर्ताहरूको प्रयोगको लागि उत्पादन गर्ने।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-१३ मिति