आवरण संस्करण,आवरण गीत,पुनःबनाइ, अथवा केवल आवरण भन्नाले प्रचलित संगीतमा, एउटा मौलिक मूल गीतलाई मूल प्रस्तोता,सर्जक वा संयोजक बाहेक अरू कसैले गरेको नयाँ प्रस्तुति वा स्वारांकनलाइ बुझिन्छ । संगीतकार, गीतकार र सम्बन्धित स्वरांकन संस्थाको सहमति बिना,प्राधिकरण बिना आवरण संस्करणको सार्वजनिक प्रसार वा बिक्रीले अरूको प्रतिलिपि अधिकार उल्लङ्घन गर्न सक्छ ।