आरण्यक हिन्दू धर्मका पवित्रतम र सर्वोच्च धर्मग्रन्थ वेदहरूको गद्य खण्डलाई भनिन्छ। यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरूमाथि दिएको भाष्यको स्तर हो। यी गद्यमा दर्शन र ज्ञानका बातहरू लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छैन। यसको भाषा वैदिक संस्कृत छ। वेद, मन्त्र तथा ब्राह्मणको सम्मिलित अभिधान हो। मन्त्रब्राह्मणयोर्वेदनामधेयम् (आपस्तंबसूत्र)। ब्राह्मणका तीन भागहरूमा आरण्यक अन्यतम भाग हो।

सायणको अनुसार यस नामकरणको कारण यो छ कि यी ग्रन्थहरूको अध्ययन अरण्य (जंगल)मा गरिन्थ्यो। आरण्यकको मुख्य विषय यज्ञभागहरूको अनुष्ठान नभएर त्यस अन्तर्गत अनुष्ठानहरूको आध्यात्मिक मीमांसा हो। वस्तुत: यज्ञको अनुष्ठान एक नितान्त रहस्यपूर्ण प्रतीकात्मक व्यापार हो र यस प्रतीकको पूरा विवरण आरण्यक ग्रन्थहरूमा दिइएकोछ। प्राणविद्याको महिमाको पनि प्रतिपादन यिनैं ग्रन्थहरूमा विशेष रूपले गरिएको छ। संहिताका मन्त्रहरूमा यस विद्याको बीज अवश्य उपलब्ध हुन्छ, परन्तु आरण्यकहरूमा यसैलाई पल्लवित गरिएकोछ। उपनिषद् आरण्यकमा सङ्केतित तथ्यहरूको विशद व्याख्या गरिएको छ। यस प्रकार संहिताबाट उपनिषदहरूको बीचको शृङ्खला यस साहित्य द्वारा पूर्ण गरिन्छ।

प्रमुख आरण्यकसम्पादन

आरण्यकहरूका मुख्य ग्रन्थ निम्नलिखितछन् :

ऐतरेय आरण्यकसम्पादन

यसको सम्बन्ध ऋग्वेदसित छ। ऐतरेय भित्र पाँच मुख्य अध्याय (आरण्यक) छन् जसमा प्रथम तीनका रचयिता ऐतरेय, चतुर्थका आश्वलायन तथा पञ्चमका शौनक मानिन्छन्। डाक्टर कीथ यसलाई निरुक्तको अपेक्षा अर्वाचीन मानेर यसको रचनाकाल षष्ठ शताब्दी विक्रमपूर्व मान्दछन्, परन्तु वस्तुत: यो निरुक्त भन्दा पुरानो। ऐतरेयका प्रथम तीन आरण्यकहरू रचयिता महिदास हुन् यसले गर्दा उनलाई ऐतरेय ब्राह्मणको समकालीन मान्दा हुन्छ।

शांखायनसम्पादन

यसको सम्बन्ध ऋग्वेदसित छ। यो ऐतरेय आरण्यकको समान हो तथा पंद्रह अध्यायमा विभक्त गरिएको छ जसको एक अंश (तेस्रो अध्यायदेखि छठे अध्यायसम्म) कौषीतकि उपनिषद्को नामले प्रसिद्ध छ।

तैत्तिरीय आरण्यकसम्पादन

दस परिच्छेदहरू (प्रपाठक)मा विभक्त छ, जसलाई "अरण" भनिन्छ। यिनमा सप्तम, अष्टम तथा नवम प्रपाठक मिलेपछि "तैत्तिरीय उपनिषद" भनिन्छ।

बृहदारण्यकसम्पादन

वस्तुत: शुक्ल युजर्वेदको एउटा आरण्यक मात्र छ, परन्तु आध्यात्मिक तथ्यहरूको प्रचुरताको कारणले यो उपनिषदहरूमा गनिदैंन।

तवलकार (आरण्यक)सम्पादन

सामवेदसित संबद्ध एउटा मात्र आरण्यक छ। जसमा चार अध्याय छन् र प्रत्येक अध्यायमा धेरै अनुवाक। चतुर्थ अध्यायको दशम अनुवाकमा प्रख्यात तवलकार (वा केन) उपनिषद् छ।

प्रत्येक वेदको एक वा अधिक आरण्यक हुन्छ। अथर्ववेदको आरण्यक उपलब्ध छैन।

स्रोतसम्पादन