आम्जीनेपालको हिमाली भेगको उपचार पद्धति हो। जडिवुटीवाट गरिने यो उपचार पद्धति बौद्ध परम्पराबाट भित्त्रिएको हो।नेपालका हुम्ला,जुम्ला, डोल्पा, मुस्ताङ, मुगु, मनाङ, धादिङ, सोलुखुम्बु, रसुवा, ताप्लेजुङ्ग जस्ता उच्च हिमाली जिल्लामा यो पद्धति प्रचलनमा छ।[१]

‍‍

इतिहास सम्पादन गर्नुहोस्

नेपालमा आम्जी पद्धतिको विकास हजारौं वर्ष अगाडि देखि परम्परागत रूपमामा हुदै आएको हो। यो पद्धति तिब्बतका आठौँ सताब्दिका राजा ट्रिसोङ डेप्सेनको पालामा प्रारम्भ भएको र त्यसै समय देखि नै नेपालको हिमाली भेगमा पनि यस पद्धतीको प्रचार- प्रसार शुरू भएको हो।नेपालको मनाङ र डोल्पा जिल्लाहरू तिब्बतको वान्पो सब्यताको ऐतिहासिक अङ्ग भएकोले तिब्बती उपचार पद्धति नेपाल र तिब्बतमा सगसँगै भित्त्रिएको हो। नेपालमा आम्जी पद्धति बाबु बाजे आमा हजुरआमा ले सिकाएको ज्ञानको आधारमा पुस्तौं-पुस्ता सम्म हस्तान्तरण हुदै आएको ज्ञान हो। [२]

‍‍==वर्तमान अवस्था== उच्च हिमाली भेगमा भएको आम्जी पेशा हालसम्म पनि नाफा मुलक नभइ सेवा मुलक मात्र भएको छ। आम्जी पद्धतिमा औषधी बनाउदा जडिबुटीले मात्र नहुने सुन,चाँदी र जनावरको अङ्ग समेत प्रयोग गर्नु पर्ने र अहिले जडिबुटीपनि पहिले जस्तो सजिलै नभेटिने भएकोले औषधीको मुल्यै नै धेरै पर्छ। सो मुल्य बेहोर्ने क्षमता गाँउ घरका मानिससँग नभएकाले पनि यो पेशा नाफा मुलक बन्न नसकेको हो। गरिव दिन दु:खी असक्तको सेवा गर्नु नै धर्म सम्झने बौद्ध धर्मको मान्यतालाई आत्मसाथ गर्दै यो समुदायले आफ्नो पुर्ख्योली पेशालाई नाफा नभएपनि जोगाउदै आएका छन्। तिब्बतमा एम बी बी एस सम्मको अध्ययन हुने आम्जीको नेपालमा औपचारिक शिक्षा लिने ठाँउ छैन।

कुनफेन औषधालय सम्पादन गर्नुहोस्

काठमाण्डौंको क्षेत्रपाटीमा अवस्थित कुनफेन औषधालय पनि आम्जी पद्धतिमा आधारित उपचार केन्द्र हो। कुनफेन औषधालयले आम्जी पद्धतिलाई व्यावसायिक पेशाको रूपमा अँगालेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. हाका हाकी,वर्ष ६, अंक ५, असोज २०६०
  2. फैमा ग्युद

बाह्य कडीहरू सम्पादन गर्नुहोस्