आदर्श आदेश परिमाण
सामानको आदेश दिँदा कुल खर्च न्युनतम हुने गरी आदेश दिने परिमाणलाई आर्दश आदेश परिमाण (अङ्ग्रेजी: Economic Order Quantity)भनिन्छ । सामानको आदेशको परिमाणमा आदेश खर्च तथा भण्डार खर्च बराबर हुने परिमाणलाई आर्दश आदेश परिमाण हो । यस परिमाणमा आदेश दिएमा कुल खर्च सबभन्दा न्यूनतम हुन्छ । यस परिमाण भन्दा बढी वा घटी परिमाणमा आदेश दिनु भनेको कुल खर्च बृद्धि हुनु हो ।
आर्दश आदेश परिमाणले कति सामान खरिद गर्ने वा कति परिमाण खरिद गर्दा कम खर्च लाग्छ भन्ने प्रश्नको उत्तर प्रदान गर्ने गर्दछ ।