अस्तित्ववाद मूलतः मान्छेको वैयक्तिक जीवनलाई नयाँ सन्दर्भ, नयाँ अर्थ र नयाँ मानवीय मूल्य स्थापना गर्न चाहने इसाको बिसौ शताब्दीको एक विशिष्ट युरोपेली धार्मिक-दार्शनिक चिन्तन पद्धति हो ।

From top left: Søren Kierkegaard, Fyodor Dostoevsky, Friedrich Nietzsche, Jean-Paul Sartre

परिचय सम्पादन गर्नुहोस्

अतियथार्थवाद पछि एउटा नितान्त नौलो आधुनिक घटनाका रूपमा साहित्यमा अस्तित्ववादको प्रवेश भएको पाइन्छ । जन्म सँगसँगै मानिसले मृत्यु बोकेर आउने हुनाले मानव जीवनका निस्सारता, निरर्थकता, विवशताबाट उत्पन्न नैराश्य नै अस्तित्ववादको मूल प्रेरणास्रोत हो । यति हुँदाहुँदै पनि यस वादले निवृत्ति मार्गतिर होइन प्रवृत्ति मार्गतिर उन्मुख गराउँछ । [१] ज्याँ पाल सार्त्र र अल्बर्ट कामुलाई यस वादका प्रमुख अनुयायीका रूपमा लिइन्छ ।

मान्यता सम्पादन गर्नुहोस्

  • प्रकृतिको अस्तित्व भन्दा व्यक्ति अस्तित्व बढी महत्त्व पूर्ण हुन्छ,
  • मान्छेले जन्मसँगै मृत्युलाई लिएर आएको हुन्छ,
  • मान्छेले अस्तित्वको खोज र त्यसको बोध आफ्ना पीडा, दुःख, क्लेश,विसङ्गति आदिकै माझबाट गर्दछ,
  • यसको विषयवस्तु सबै साहित्यकारमा समान भए पनि भाषा र शिल्पशैली चाहिँ भिन्नभिन्न हुन्छ वा हुनसक्छ ।

लक्ष्मी प्रसाद जोशी द्दवारा प्रकाशित लेख

अस्थित्ववादका मान्यताहरू १ अस्थित्वको केन्द्र मानिस हो । २ मानिसका पहिलेका परिभाषाहरू पुर्ण रूपमा असन्तोष जनक छन् । ३ मानिस संसारमा एक्लो छैन । ४ अस्थित्वले सारलाइ उछिन्छ । ५ ब्रह्माण्डको आफैमा कुनै अर्थ र उद्देश्य हुदैन । ६ मानिसको पुर्ण स्वतन्त्रता । ७ मृत्यु वास्तविक र निश्चित छ ।

नेपाली साहित्यमा यसको प्रयोग सम्पादन गर्नुहोस्

नेपाली साहित्यमा यस वादले कथा उपन्यास, नाटक, कविता, निबन्ध जस्ता विधामा प्रभाव पारेको छ । कथातर्फ पारिजात, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, उपन्यासतर्फ पारिजात, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, नाटकतर्फ विजय मल्ल, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा आदिका कृतिहरूमा प्रभाव पारेको देखिन्छ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

बाह्य कडी सम्पादन गर्नुहोस्