हुम्ला जिल्ला

नेपालको एक जिल्ला

हुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो।

हुम्ला जिल्ला
हुम्लाको सातपोखरी ताल
हुम्लाको सातपोखरी ताल
कर्णाली प्रदेशमा हुम्ला जिल्लाको (गाढा पहेँलो) स्थानको अवस्थिति
कर्णाली प्रदेशमा हुम्ला जिल्लाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामसिमीकोट
क्षेत्रफल
 • जम्मा५,६५५ किमी (२१८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५०८५८
 • घनत्व९�०/किमी (२३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभं्रस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।

प्रशासनिक विभाजन

जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ० नगरपालिका र ७ गाउँपालिका छन्।[१]

हुम्ला जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
सिमकोट गाउँपालिका सिमीकोट १५,७२७
नाम्खा गाउँपालिका याल्वाङ ३,९००
खार्पुनाथ गाउँपालिका खार्पूनाथ ६,०११
सर्केगाड गाउँपालिका सर्केगाड ९,८६८
चंखेली गाउँपालिका पिप्लांग ५,५१७
अदानचुली गाउँपालिका श्रीनगर ७,११६
ताँजाकोट गाउँपालिका ताँजाकोट ५,९६४

सन्दर्भ सामग्रीहरू

  1. "स्थानिय तह", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८