सिंगौडी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०३२ रहेको थियो जसमध्ये २९८७ पुरुष र ३०४५ महिला रहेका थिए भने यहाँ ११०४ घरधुरी रहेको थियो।[१]

सिंगौडी
पूर्व गाविस
सिंगौडी is located in कर्णाली प्रदेश
सिंगौडी
नेपालको नक्सामा सिंगौडीको अवस्थिति
सिंगौडी is located in नेपाल
सिंगौडी
सिंगौडी (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°E / 28.73; 81.76निर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
जनसङ्ख्या
 • जम्मा६,०३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भूगोल सम्पादन गर्नुहोस्

यो गा.वि.स. पश्चिम दैलेख ईलाका नं. १० मा पर्दछ।यो गा.वि.स.को सिमाना पूर्वमा तिलेपाटा गा.वि.स. र राकम कर्णाली गा.वि.स. पश्चिममा सात्तला गा.वि.स. उत्तरमा कर्णाली नदी तथा अछाम जिल्ला सँग जोडिएको छ।यो गा.वि.स.भू-भाग पहाडी र नदी तटिय क्षत्रमा विभाजित गर्न सकिन्छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यो गा.वि.स.को जनसङ्ख्या ४७०७ रहेको छ। यहाँ ९०९ वटा घर धुरीहरू रहेका छन्।[२]

संस्कृति सम्पादन गर्नुहोस्

 
सिंगौडीको भाटगाउँ स्थित माईको थान

यो गा.वि.स.मा बाहुन, क्षत्री, ठकुरी, कामी, दमाई आदी जातीहरूको बसोवास रहेको छ।सबै जातीहरूको आफ्नो-आफ्नो रिति रिवाज भए पनि यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो। यहाँ हिन्दू धर्म अन्तर्गतका सबै चाड पर्वहरू मनाईन्छन्। पश्चिम नेपालको संकृती भुवापर्व अन्तर्गत पर्ने सिंगौडीको भुवा ,नयाँ वर्ष (वैसाख १ गते)का दिन लाग्ने सिंगौडीको "गल्लौडी", अनन्त चतुर्दशीका दिन लाग्ने निमायलको "राजाजात्रा" मालिका चतुर्दशीका दिन भाटगाउँमा पर्ने "मालीका" र "कालिका" जेष्ट पूर्णिमाका दिन पर्ने ओबीको अधिकारी पूजा आदी यहाँका मुख्य जात्राहरू हुन्।

गाउँहरू सम्पादन गर्नुहोस्

यो गा.वि.स.मा रहेका गाउँहरूको नामसुची यस प्रकार रहेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. नेपालको जनगणना २०५८