श्रमिक जनता पार्टी–नेपाल

श्रमिक जनता पार्टी–नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रेशमराज न्यौपाने हुन् । श्रमिक जनता पार्टी–नेपालको केन्द्रीय कार्यालय काठमाडौंको नयाँवानेश्वरमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कराही थियो।[१] श्रमिक जनता पार्टी–नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,०३४ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०