वीरगंज आन्तरिक सुक्खा बन्दरगाह

वीरगंज आन्तरिक सुक्खा बन्दरगाह नेपालको पहिलो सुक्खा बन्दरगाह हो जसको निर्माण नेपाल सरकारद्वारा वि.सं. २०५७ मा गरिएको थियो। वि.सं. २०५८ मा नेपाल इन्टरमोडल यातायात विकास समितिको गठन गरेर यसलाई सुक्खा बन्दरगाहको सञ्चालनको जिम्मा दिइएको थियो।[१] यस सुक्खा बन्दरगाहको सञ्चालन सन् २००४ जुलाई १६ देखि भएको हो। प्रारम्भदेखि सन् २०२० सम्म नेपाल इन्टरमोडल यातायात विकास समितिले सिर्सिया, वीरगंजमा रहेको हिमालयन टर्मिनल्स प्राइभेट लिमिटेडलाई यस बन्दरगाहको आन्तरिक निकासी डिपोको सम्भार र प्रबन्धनको जिम्मा सुम्पेको थियो।[२]सन् २०२० मा नेपाल इन्टरमोडल यातायात विकास समितिले यस बन्दरगाहको आन्तरिक निकासी डिपोको जिम्मेवारी प्रिस्टाइन लजेस्टिकलाई दिएको छ।[३][४] यो सुक्खा बन्दरगाहभित्र भन्सार कार्यालय, चारवटा सेड हाउस, टर्मिनल भवन, तौल गर्ने बाँध, दुईवटा बैङ्कको शाखाहरू, ६ लाइनमा फैलिएर रहेको रेल भण्डारण क्षेत्र छ। यो सम्पूर्ण जग्गा मिलाएर यो बन्दरगाह ३८ हेक्टेयरको क्षेत्रफलमा फैलिएको छ। यस बन्दगाहमा एकै चोटीमा ४५०० कन्टेनरहरू राख्न सकिन्छ।[५] यो बन्दगाह भारतीय रेल सञ्जालद्वारा भारतको रक्सौलसँग जोडिएर रहेको छ।[६]

बन्दरगाहभित्र रहेका कार्यालयहरू सम्पादन गर्नुहोस्

  1. कुमारी बैंक लिमिटेड, बन्दरगाह शाखा
  2. एभरेष्ट बैंक लिमिटेड, आन्तरिक निकासी डिपो शाखा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Intermodal Transport Development Board (NITDB)", www.nitdb.org, Nepal Intermodal Transport Development Board, Government of Nepal, अन्तिम पहुँच ३ डिसेम्बर २०१७ 
  2. "About HTPL", htpldryport.com, Himalayan Terminals Pvt. Ltd., अन्तिम पहुँच ३ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २०१७ मिति
  3. "वीरगंज आन्तरिक सुक्खा बन्दगाह ब्यवस्थापन र सञ्चालन जिम्मा प्रिस्टिन भ्याली ड्राइपोर्टलाई", बिजमाडौँ (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०४ 
  4. त्रिपाठी, रितेश, "सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीलाई", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०४ 
  5. पटेल, राधेश्याम, "वीरगंज, भैरहवा र विराटनगरमा सुक्खा बन्दरगाह बनाउन निजी क्षेत्रको अग्रसरता", पहिलो पोस्ट, अन्तिम पहुँच २०२२-१२-०४ 
  6. "Introduction", customs.gov.np, Department of Customs dryport office, Government of Nepal, अन्तिम पहुँच ३ डिसेम्बर २०१७ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्