लस्सी (पञ्जाबी: لسی, ਲੱਸੀ, हिन्दी: लस्सी, उर्दु: لسی‎, मराठी: ताक, गुजराती: છાસ, बङ्गाली: লস্যি) दहीबाट बनाइने एक प्रकारको परम्परागत दक्षिण एसियाली पेय पदार्थ हो।[१] यो मुख्यतया उत्तर र पश्चिम भारत तथा पाकिस्तानमा एकदम लोकप्रिय छ। दहीलाई घोटेर र पानी मिलाएर लस्सी बनाइन्छ तथा यसमा इच्छानुरूप विभिन्न मसलाहरूसँगै चिनी वा नुन हालेर तयार गरिन्छ। भारतको पञ्जाब राज्यमा मोही घोटेर लस्सी तयार गरेपछि त्यस्को माथिल्लो भागमा नौनीको एक पत्र हालिन्छ।

लस्सी
मुम्बई, भारतमा बनाइएको लस्सी
उत्पत्ति स्थानदक्षिण एसियाली राष्ट्रहरू
मुख्य सामग्रीहरूदही, नौनी, पानी, मरमसला, फलफूल

लस्सीका प्रकार सम्पादन गर्नुहोस्

आजभोली लस्सीमा विभिन्न किसिमका मरमसला तथा फलहरू हालेर तयार गरिन्छ जसमा विशेष गरेर गुलाबजल, केसर, निबुवा, आँप, स्ट्रबेरी तथा अन्य फलहरू मिसाउने गरिएको छ।[२]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Lassi", Encyclopædia Britannica 
  2. Staelens, Stefanie, "The Bhang Lassi Is How Hindus Drink Themselves High for Shiva", Vice.com, अन्तिम पहुँच अगस्ट १०, २०१७ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्