नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय विधिबत रूपमा विक्रम सम्वत २०७३।०३।३० (सन् २०१६) मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ ।[१]

नेपाल खुला विश्वविद्यालय
प्रकारसार्वजनिक सहशिक्षा
स्थापना२०७३ साल
कुलपतिनेपालको प्रधानमन्त्री
उप-कुलपतिप्रा.डा लेखनाथ शर्मा
स्थान
वेबसाइटनेपाल खुला विश्वविद्यालय
नेपाल खुला विश्वविद्यालय भवन

स्थापना सम्पादन गर्नुहोस्

खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने उद्देश्यकालागि नेपाल खुला विश्वविद्यालय स्थापना भएको हो ।

इतिहास सम्पादन गर्नुहोस्

सन् २०१० मा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) तथा शिक्षा मन्त्रालयबीच भएको सहमति एवं सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धता अनुसार खुला र दूर सिकाइको विधिमार्फत अध्ययन–अध्यापन सञ्चालन गर्न नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो। [२] संसद्बवाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू विक्रम सम्वत २०७५ सालको जेठदेखि कक्षा सञ्चालन भएको हो।

नेपालमा खुला विश्वविद्यालय सम्पादन गर्नुहोस्

औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्न बेलायतबाट खुला विश्वविद्यालयको अवधारणा शुरू भएको मानिन्छ। नेपालमा विक्रम सम्वत २०३६ सालपछि उच्च शिक्षामा विद्यार्थीको चाप बढ्दै गयो। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले भर्ना लिन सम्भव नभएपछि औपचारिक शिक्षा उपलब्ध गराउन वैकल्पिक उपायहरू खोज्नुपर्छ भनियो । त्यसअनुसार विक्रम सम्वत २०३७ सालको छैटौँ पञ्चवर्षीय योजनामा ‘खुला तथा दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा उपलब्ध गराउने’ व्यवस्था गरियो ।[३]

संकाय सम्पादन गर्नुहोस्

  • व्यवस्थापन तथा कानुन संकाय
  • मानविकी तथा शिक्षा संकाय
  • विज्ञान, स्वस्थ्य तथा प्रविधि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

https://english.hamrocolleges.com/nou/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३१ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्