कुलपति वा चान्सलर ( रोमन: cancellarius) विभिन्न राष्ट्रका सरकारमा विभिन्न आधिकारिक पद तथा ओहोदाको उपाधी हो। मूलत चान्सलर भन्नाले रोमन न्यायलयको चान्सलरलाई चिनिन्थ्यो। चान्सलरको कार्यालयलाई चान्सलरी वा चान्सरी भनिन्छ। अहिले यो शब्द (सरकार, शिक्षा, धर्म ) मा धेरै विभिन्न अधिकारीहरूको सम्बोधनमा प्रयोग गरिन्छ। आजकल यो शब्द प्रायः वर्णन गर्न प्रयोग गरिन्छ:

कुलपति : (१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।

(२) शिक्षा मन्त्री विश्वविद्यालयको सहकुलपति हुनेछ ।

(३) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ ।

(४) कुलपतिलाई विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण वा जाँचबुझ गर्ने गराउने अधिकार हुनेछ ।

(५) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत भएका कार्यलाई कुलपति रद्द गर्न सक्नेछ ।

(६) कुलपतिको अन्य अधिकार तोकिए बमोजिम हुनेछ ।

(७) कुलपतिले गर्ने भनी तोकिएको कार्य सहकुलपतिबाट गराउन सकिनेछ ।

  उप-कुलपति नेपालका विश्वविद्यालयहरूमा  सबैभन्दा उच्च प्रशासनिक पद हो। उपकुलपति प्रत्यक्ष रूपमा उपकुलपतिको नियन्त्रणमा हुन्छ, जो संवैधानिक र प्रतीकात्मक प्रमुख हुन्। उपकुलपतिले संकटको समयमा मात्र विशेषाधिकार प्राप्त गर्छन्। उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुन्छ ।                          एक "उपकुलपति" (सामान्यतया "VC" भनिन्छ) ले इङ्गल्याण्ड, वेल्स, उत्तरी आयरल्याण्ड, न्यूजील्याण्ड, अष्ट्रेलिया, नेपाल, भारत, बंगलादेश, मलेसिया, नाइजेरिया, पाकिस्तान, श्रीलंका, मा विश्वविद्यालयको मुख्य कार्यकारीको रूपमा सेवा गर्दछ। दक्षिण अफ्रिका, केन्या, अन्य राष्ट्रमंडल देशहरू, र हङकङका केही विश्वविद्यालयहरूमा पनि छन ।