तिनधारे झरना नेपालको काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा पर्ने झरना हो।[१][२] यो झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खलामा रहेको छ। यो झरना काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ।[३] समुद्र सतहबाट लगभग १८०० मिटर उचाइमा रहेको यो झरनाको उचाई लगभग ३०० मिटर छ।[४] तिनधारे झरना बिसं २०२८ सालमा पत्ता लागेको थियो।[५]

तिनधारे झरना
Lua error in मोड्युल:Location_map at line 449: विकृत निर्देशाङ्क मान.
नक्सा
स्थानरोशी काभ्रेपलाञ्चोक, नेपाल
निर्देशाङ्क२७°३०′०७″ उत्तर ८५°३२′४७″ पूर्व / २७.५०१९५° उत्तर ८५.५४६३७° पूर्व / 27.50195; 85.54637
अवनतिलगभग १८०० मिटर
जम्मा उचाइलगभग ३०० मिटर
पानीको धारारोसी खोला

नामाकरण सम्पादन गर्नुहोस्

महाभारतको लेकबाट तिनवटा धाराको रूपमा खसेको हुनाले यस झरनाको नाम 'तिनधारे झरना' रहेको हो।

पर्यटन सम्पादन गर्नुहोस्

तिनधारे झरना काभ्रेपलाञ्चोक जिल्लाको चर्चित पर्यटकिय स्थल हो। यस झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आहा ! काभ्रेको तीनधारे झरना", www.ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच १७ सेप्टेम्बर २०२० 
  2. "‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो", www.nepalipatra.com, नेपाली पत्र, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१७ मिति
  3. "तीनधारे झरनामा झुम्मिए पर्यटक", nepaltvonline.com, नेपाल टेलिभिजन, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२० 
  4. ४.० ४.१ "जाने हाेइन त हेर्न तीनधारे झरना", gorkhapatraonline.com, गोरखापत्र अनलाइन, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२० 
  5. "पाँचदशक अघि नै पहिचान थियाे, एकाएक चर्चामा, सरकारी टोली जाँदै", gorkhapatraonline.com, गोरखापत्र संस्थान, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्