डिजिटल वस्तु पहिचानकर्ता ( DOI ) वस्तुहरूको सटिक रूपमा पहिचान गर्न प्रयोग हुने एक स्थायी पहिचानकर्ता वा ह्यान्डल हो जुन मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन (ISO) द्वारा स्वीकृत गरिएको छ। [१] DOI व्यापक रूपमा शैक्षिक, व्यावसायिक, र सरकारी जानकारी पहिचान गर्न प्रयोग गरिन्छ, जस्तै जर्नल लेखहरू, अनुसन्धान रिपोर्टहरू, डेटा सेटहरू, र आधिकारिक प्रकाशनहरू। DOI को अन्य प्रकारका सूचना स्रोतहरू, जस्तै व्यावसायिक भिडियोहरू पहिचान गर्न पनि प्रयोग गरिएको छ।

डिजिटल वस्तु पहिचान
पुरा नामDigital object identifier
लघु रूपDOI
सङ्गठनअन्तर्राष्ट्रिय DOI फाउन्डेसन
प्रस्तावित२०००; २४ वर्ष अघि (२०००)
उदाहरण10.1000/182
वेबसाइटwww.doi.org Edit this at Wikidata


कागजातको स्थान र अन्य मेटाडेटा परिवर्तन भएपनि DOI जीवनकालभरमा स्थिर रहन्छ। यदि कागजातको URL परिवर्तन भयो भने, प्रकाशकले URL को लिङ्क कायम राख्न DOI को लागि मेटाडेटा अद्यावधिक गर्नुपर्छ। [२] [३] [४] DOI डाटाबेस अपडेट गर्नु प्रकाशकको जिम्मेवारी हो। यदि तिनीहरू त्यसो गर्न असफल भएमा, DOI ले मृत लिङ्कको सङ्ज्ञा दिने गर्छ। [५]

DOI प्रणालीको विकासकर्ता र प्रशासक अन्तर्राष्ट्रिय DOI फाउन्डेसन (IDF) हो। यो सन् २००० मा स्थापना भएको थियो। [६] अप्रिल २०११ को अन्त सम्म लगभग ४००० संस्थाहरु द्वारा ५० मिलियन भन्दा बढी DOI नामहरू दर्ता गरिएको थियो।[७]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "ISO 26324:2012(en), Information and documentation – Digital object identifier system", ISO, मूलबाट १७ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१६ 
  2. How to Build a Digital Library, २०१०। 
  3. Langston, Marc; Tyler, James (२००४), "Linking to Journal Articles in an Online Teaching Environment: The Persistent Link, DOI, and OpenURL", The Internet and Higher Education (अङ्ग्रेजीमा) 7 (1): 51–58, डिओआई:10.1016/j.iheduc.2003.11.004 
  4. "How the "Digital Object Identifier" Works", BusinessWeek (अङ्ग्रेजीमा), २००१-०७-२३, मूलबाट २०१०-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०४-२०, "Assuming the publishers do their job of maintaining the databases, these centralized references, unlike current web links, should never become outdated or broken" 
  5. Liu, Jia (२०२१), "Digital Object Identifier (DOI) Under the Context of Research Data Librarianship", Journal of eScience Librarianship 10 (2): Article e1180, डिओआई:10.7191/jeslib.2021.1180 
  6. Paskin, Norman (२०१०), "Digital Object Identifier (DOI) System", Encyclopedia of Library and Information Sciences (3rd संस्करण), Taylor and Francis, पृ: 1586–1592। 
  7. "DOI News, April 2011: 1. DOI System exceeds 50 million assigned identifiers", Doi.org, २० अप्रिल २०११, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०११