गुञ्जमान सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

गुञ्जमान सिंह
मुख्य शाही सल्लाहकार
कार्यकाल
२०१२ साल वैशाख १ – २०१२ साल माघ १३
एकाधिपतिराजा महेन्द्र
सहायकआनन्द शमशेर

पद्म शमशेरले नेपाल सरकार वैधानिक कानुन २००४ बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदार हेमराज पाण्डे , कृष्ण शमशेर र गुञ्जमान सिंह समेत रहेका थिए ।[१][२]

राजा त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भएपछी राजगद्दी सम्हालेका राजा महेन्द्रको मुख्य शाही सल्लाहकार भएर सेवा गरेका थिए ।

राजा महेन्द्रको आदेशमा यिनी चीन भ्रमणमा गएर नेपाल चीन सम्बन्ध विस्तार गरेका थिए र उनले कुटनीतिक मस्यौदामा सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । टंङ्कप्रसाद आचार्यको प्रधानमन्त्रिकालमा नेपाल चीन दौत्य सम्बन्ध कायम भयो।[३]

सन्दर्भ समाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990 
  2. Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३। 
  3. मातृकालाई नेहरूको पत्र वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२६ मिति