कोल्हवी नगरपालिका
कोल्हवी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने बारा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३]
कोल्हवी नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
स्थापना | २०७१ मंसिर १७ |
क्षेत्रफल | |
• जम्मा | १०२.४ किमी२ (३९.५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,७६५ |
• घनत्व | २३०/किमी२ (६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५३ |
परिचय सम्पादन गर्नुहोस्
स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा सपही, कोल्हवी, ककडी र प्रसौना गाविसहरू लाई समेटेर कोल्हवी नगरपालिका घोषणा गरिएको हो।[३][४] कोल्हवी नगरपालिकाको केन्द्रभने साविकको कोल्हवी गाविसको कार्यालय नै रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या सम्पादन गर्नुहोस्
कोल्हवी नगरपालिका सपही, कोल्हवी, ककडी र प्रसौना गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार सपही, कोल्हवी, ककडी र प्रसौना गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कोल्हवी नगरपालिकाको कूल जनसङ्ख्या २३,७६५ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |