अनन्तलिङ्गेश्वर नगरपालिका
अनन्तलिङ्गेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा बालकोट, सिरुटार, दधिकोट र गुण्डु यी ४ गाउँ विकास समितिहरूलाई समेटेर अनन्तलिङ्गेश्वर नगरपालिका घोषणा गरिएको हो।[३][४] अनन्तलिङ्गेश्वर नगरपालिकाको केन्द्रभने दधिकोट गाविसको गाम्चा चोक रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
अनन्तलिङ्गेश्वर नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | भक्तपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | १८.१ किमी२ (७�० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,९८९ |
• घनत्व | २१००/किमी२ (५४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | anantalingeshwormun.gov.np |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
अनन्तलिङ्गेश्वर नगरपालिका साविकका बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा अनन्तलिङ्गेश्वर नगरपालिकाको कूल जनसङ्ख्या ३७,९८९ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |