हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय
हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय[१]पुरानो नाम हरिहर पाठशाला अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालय हो। खिदीम पोखराथोकका जमिन्दार हरिहर गौतमले व्यक्तिगत प्रयासमा राणा शासन कालमा वि.सं. १९९३ सालमा यो विद्यालयको स्थापना भएको थियो।[२] उनकै अनुरोधमा महापण्डित दधिराम मरासिनीले यस क्षेत्रमा रहेर पठन पाठन तथा शिक्षा विकासका क्षेत्रमा ठूलो योगदान दिएका थिए पछि नारायण गौतम, भानुभक्त गौतम, हुमनाथ गौतम तथा त्यस क्षेत्रकै विद्वान दुर्गा प्रसाद गौतमले यस विद्यालयलाई सेवा दिएका थिए।[३] वर्तमान समयमा यस विद्यालयमा दश जोड दुई सम्मको अध्ययन अध्यापन हुने गरेको छ। हाल यहाँ शिक्षाशास्त्र र व्यवस्थापन विषयमा अध्ययन अध्यापन हुने गरेको छ।[४] नेपालको राजनीतिमा आफ्नो स्थान बनाएका मोदनाथ प्रश्रित, ढुण्डिराज शास्त्री लगायतका विभिन्न व्यक्तित्वहरू यस संस्थाका उपज हुन्।
हरिहर संस्कृत विद्यालय | |
---|---|
स्थान | |
निर्देशाङ्क | २७°५०′N ८३°१७′E / २७.८३°N ८३.२८°Eनिर्देशाङ्कहरू: २७°५०′N ८३°१७′E / २७.८३°N ८३.२८°E |
जानकारी | |
प्रकार | सार्वजनिक |
आदर्श वाक्य | 'शिक्षा नै उन्नतिकाे मूहान हाे' |
स्थापना | सन् १९३६ |
संस्थापक | हरिहर गाैतम |
ग्रेड | १-१० र १०+२ |
लिङ्ग | छात्र तथा छात्रा |
भाषा | नेपाली तथा अङ्ग्रेजी |
तालिका | विहान १० बजे - अपराह्न ४ बजे |
आवद्धता | नेपाल सरकार |
अध्ययन सम्पादन गर्नुहोस्
पूर्व विद्यार्थीहरू सम्पादन गर्नुहोस्
चित्र दीर्घा सम्पादन गर्नुहोस्
-
विद्यालयले आयोजना गरेको विद्यालयको ७९औँ वार्षिक उत्सव समारोह तथा ११५औँ हरिहर जयन्ती
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Harihar Sanskrit Tatha Sadharan Secondary School", एडुसञ्जाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-१९।
- ↑ "खिदीम पोखराथोक स्थित हरिहर संस्कृत तथा प्रवीधीक उच्च माविको वार्षिक उत्सव कार्यक्रम सम्पन्न (फोटो फिचर)", अर्घाखाँची समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९।
- ↑ "अतुलनीय हरिहर संस्कृत पाठशाला", गोरखापत्र अनलाइन (नेपालीमा), २०१७-०८-२७, अन्तिम पहुँच २०२१-१०-२०।
- ↑ "अर्घाखाँची जिल्ला कै नमुना विद्यालय श्री हरिहर संस्कृत तथा साधारण मा वि को ८३ औं वार्षिकोत्सव तथा ११९ हरिहर जयन्ती सम्पन्न", खबर खुराक (नेपालीमा), २०१९-१२-१६, अन्तिम पहुँच २०२१-१०-१९। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२७ मिति