हम्पी (कन्नड: ಹಂಪೆ Hampe) एउटा गाउँ हो जुन भारतको कर्नाटक राज्यको उत्तरमा रहेको छ। हम्पी मध्यकालीन हिन्दु राज्य विजयनगर साम्राज्यको राजधानी थियो। तुङ्भद्रा नदीको तटमै स्थित यो नगर अब हम्पी (पम्पाबाट नामाकरण) नामले जानिन्छ र अब यहाँ मात्र जीर्ण अवशेष मात्र बाँकी रहेका छन्। यो अहिले पनि महत्त्वपूर्ण आस्थाको केन्द्र रहेको छ जस मध्ये सबैभन्दा महत्त्वपूर्ण विरूपाक्ष मन्दिर रहेको छ साथै यस प्राचीन शहरमा विभिन्न धरोहरहरू रहेका छन्। यिनलाई हेर्दा यस्तो लाग्छ की कुनै समयमा यहाँ एउटा समृद्धशाली सभ्यता निवास गर्दथ्यो। भारतको कर्नाटक राज्यमा स्थित यो नगरको जीर्ण धरोहरहरूलाई युनेस्कोद्वारा सन् २००६ मा विश्व सम्पदा क्षेत्र मा सामेल गरेको छ।[१] प्रत्येक वर्ष यहाँ हजारौँको सङ्ख्यामा पर्यटक तथा तिर्थ यात्री आउने गर्छन। सन् २०१४ को एउटा तथ्याङ्क अनुसार कर्नाटक राज्यको एतिहासिक स्थानहरूमा हम्पी, इन्टरनेट खोज साइट गुगलमा सबैभन्दा बढी खोजिएको स्थानमा परेको थियो।[२]

हम्पी
ಹಂಪೆ
हम्पे
सहर
विरूपाक्ष मन्दिर, हम्पी, कर्नाटक
विरूपाक्ष मन्दिर, हम्पी, कर्नाटक
देशभारत
राज्यकर्नाटक
जिल्लाबेल्लारी
संस्थापकहरिहारा र बुक्कार्य
उन्नतांश
४६७ मिटर (१५३२ फिट)
भाषाहरू
 • आधिकारिककन्नड भाषा
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
नजिकको सहरहस्पेट
हम्पीको धरोहरहरूको समूह
युनेस्को विश्व सम्पदा क्षेत्र
हम्पी
मापदण्डसांस्कृतिक: (i)(iii)(iv)
सन्दर्भ२४१
सूचीकृत१९८६ (१०औ सत्र)
सङ्कटग्रस्त१९९९–२००६

दृश्यहरू सम्पादन गर्नुहोस्

३६०° पानोरमा चित्र हम्पीको माताङ्गा पहाडबाट

हम्पी चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Group of Monuments at Hampi", World Heritage, अन्तिम पहुँच २००६-१२-२० 
  2. "Hampi most searched historical place in Karnataka on Google", economictimes.indiatimes.com, अन्तिम पहुँच २०१४-०८-२६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्