सुनवर्षी पोखरी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। यो पोखरी गोबिन्दपुर गाविस वडा नम्बर ४ मा रहेको छ। करीब ३.५ बिगाहा क्षेत्रफलमा फैलिएको यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ४० किलोमिटर पूर्वमा अवस्थित छ। प्राकृतिक रूपमा रहेको पोखरी, चराचुरुड्डी जंगल यस स्थानका मुख्य आर्कषणहरू हुन।

चित्र:सुनवर्षी पोखरी.jpg
सुनवर्षी पोखरीको मनोरम् दृष्य

स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीलाई आफ्नो पवित्र तीर्थकास्थलका रूपमा लिने गरेका छन। यस स्थानमा प्रत्येक वर्ष बैसाख १ गते सिरुवा मेला लाग्ने गर्दछ। स्थानीय राजवंशीहरूमा सुनवर्षी पोखरीमा राजा सुनवर्षीले बास गर्ने धारणा रहेको छ। परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ति रहेको छ।

हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि बनाएका छन। उनीहरू त्यस मन्दिरमा आएर भाकल र पूजा गर्ने र भाकल पूरा भएको अवस्थामा हर्षोल्लास गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। उनीहरू यस स्थानलाई प्रति आस्था राख्दछन् र सुनवर्षिलाई साक्षात् इश्वर मान्दछन। यस आसपासका सबै जातजातिको साझा थलोका रूपमा सुनवर्षि पोखरी रहेको छ। यहाँ लाग्ने मेलामा राजवंशी, धिमाल र पहाडे मूलका मानिसहरूका साथसाथै प्राय सबै जसो जातजातिका मानिसहरू भेला हुने गरेका छन।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सुनवर्षी पोखरी", birattourism.org.np [dead link]