गेटा आँखा अस्पताल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गेटा आँखा अस्पताल कैलालीको धनगढीमा सन् १९८१मा स्थापित भएको हो। कम खर्चमा उत्कृट सेवा पाउने यो अस्पतालमा यस भेगका बासिन्दा मात्रै नभई भारतीयहरू समेत आउने गरेका छन्। [१] तीस वर्षअघि स्थापना भएको गेटा आँखा अस्पतालले यो अवधिमा आठ लाख ८३ हजार आँखाका रोगीको जाँच र उपचार गरिसकेको बताइएको छ। [२]
सेवाहरू सम्पादन गर्नुहोस्
कैलालीको गेटा आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण सेवा शुरु गरेको छ। नानी प्रत्यारोपण शुरु गर्ने गेटा आँखा अस्पताल काठमाडौँको तिलगंगापछिको दोस्रो अस्पताल हो। सेवा शुरु भएयता हालसम्म ७ जनाको सफलतापूर्वक नानी प्रत्यारोपण भईसकेको छ। गेटा आँखा अस्पतालका निर्देशक डा. विद्या प्रसाद पन्तले तिलगंगा अस्पताल र अमेरिकाको मोरन आँखा अस्पतालमा तीन महिना नानी प्रत्यारोपण सम्बन्धि तालीम लिएर फर्केपछि नानी प्रत्यारोपण सेवा शुरु गर्नुभएको हो। स्थापनाको २९ वर्षमा गेटा आँखा अस्पतालले करीव २१ लाख आँखाका रोगीलार्ई सेवा दिईसकेको छ। यो अवधिमा मोती बिन्दु र अन्य आँखाको समस्याको शल्यक्रिया हुनेको संख्या दुई लाख ४५ हजार नाघेको छ। [३]
सम्बन्धित लेखहरू सम्पादन गर्नुहोस्
बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ गेटा आँखा अस्पताल[dead link]
- ↑ गेटा आँखा अस्पताल कैलालीको आँखा प्रत्यारोपणमा सफलता[dead link]
- ↑ गेटा आँखा अस्पतालमा नानी प्रत्यारोपण सेवा शुरु[dead link]