साझा बालसाहित्य पुरस्कार

साझा बालसाहित्य पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो । बालसाहित्यका स्रष्टालाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले वि.सं. २०५४ सालमा यो पुरस्कारको स्थापना गरिएको हो ।

नेपाल अधिराज्यबाट वर्षभरि नेपाली भाषामा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने यस पुरस्कारको राशि १० हजार छ ।

पुरस्कृत कृति, वर्ष र व्यक्ति सम्पादन गर्नुहोस्

कृति वर्ष (वि.सं.) व्यक्ति
काउबूढी र अरू कथा २०५५ कनकमणि दीक्षित
नेपाल आमा २०५६ रामबाबु सुवेदी
टाटेपाङ्ग्रे २०५७ जनकप्रसाद हुमागाईं, विजय चालिसे, रञ्जुश्री पराजुली
अनौठो यात्रा २०५८ कविताराम श्रेष्ठ
अब तिमी नरोऊ किरण २०५९ रमेश विकल
सानी २०६० शर्मिला खड्का

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्