सप्तगण्डकी बहुमुखी क्याम्पस

सामुदायिक क्याम्पस

सप्तगण्डकी बहुमुखी क्याम्पस नेपालको नारायणी अञ्चलमा रहेको चितवन जिल्लाको सदरमुकाम भरतपुरमा स्थापित बहुमुखी क्याम्पस हो । २०४५ सालदेखि स्थापनको प्रयास भइ स्थापित यो भरतपुरको दोस्रो सामुदायिक क्याम्पसमा शिक्षा, मानविकी, वाणीज्यशास्त्रमा स्नातकोतरसम्मको अध्यापन गराइन्छ । त्रिभुवन विश्वविद्यालयको संबन्धन प्राप्त यस क्याम्पसमा उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन लिइ दस जोड दुई सञ्चालन गरिएको छ । हाल यस क्याम्पसको क्याम्पस प्रमुख खिमलाल दाहाल हुनुहुन्छ । निवर्तमान क्याम्पस प्रमुख मणिराज महताे, वहाँ भन्दा अगाडि खेमनारायण सापकाेटा वहाँ भन्दा अगाडि रामप्रकाश अधिकारी हुनुहुन्थ्याे। यसअघि प्राध्यापक साेमराज महताे तथा जगन्नाथ थपलिया र हरिहर खनाल क्याम्पस प्रमुख हुनु भएकाे थियाे वहाँहरूभन्दा अगाडि बालकृष्ण पौडेल धेरै वर्षसम्म क्यापस प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्याे। यस क्याम्पसकाे स‌स्थापक क्याम्पस प्रमुख डा‍‌ भीमराज अधिकारी हुनुहुन्छ भने दाेस्राे क्याम्पस प्रमुख रविमोहन सापकोटा हुनुहन्थ्याे।

सप्तगण्डकी बहुमुखी क्याम्पस

भवन सम्पादन गर्नुहोस्

धेरै वर्षसम्म नारायणी मा. वि.को भवनमा सञ्चालित भएको यो क्यापस हाल आफ्नै भव्य भवनमा सरेको छ। क्याम्पसमा हाल ४ वटा भवन रहेका छन्।


काेर्षहरु सम्पादन गर्नुहोस्

  • कक्षा ११ र १२ मा
  • विज्ञान व्यवस्थापन हाेटल म्यानेजमेण्ट कम्प्युटर साइन्स पत्रकारिता

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्