सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्यरत छिन्।[२]

सपना प्रधान मल्ल
सर्वोच्च अदालत
पद बहाली
२०७३ साउन १७
व्यक्तिगत विवरण
जन्म१९६३ नोभेम्बर १५[१]
नागरिकतानेपाली
अभिभावकगोविन्दबहादुर तथा राधा प्रधान
पेशान्यायाधीश

शिक्षा सम्पादन गर्नुहोस्

नेपाल ल क्याम्पस (त्रिवि)बाट कानुनमा स्नातक मल्लले दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरी हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्रेसन) कोर्स पूरा गरेकी छिन्। वि. सं. २०४३ साल चैतमा उनले अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी हुन्। [३]

योगदान सम्पादन गर्नुहोस्

वि. सं. २०६५ वैशाखमा पहिलो संविधानसभामा सदस्य [४]भएकी सपनाले वर्तमान संविधानलाई लैंगिकमैत्री, सीमान्तकृतमैत्री तथा प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएकी छिन् ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्