शिकाली जात्रा काठमाडौं उपत्यकाको खोकनामा नेवार समुदायको धार्मिक पर्व हो। दशैं नमनाउने मानिसहरूले दशैंमा यो जात्रा मनाउछन्।

जात्रा पाँच दिन लामो हुन्छ। यो जात्रा शिकाली देवी ( अजिमा) लाई समर्पित रहेको हुन्छ। देवी शिकाली दक्षिणकालीकी देवीकी बहिनीहरूमध्ये एक हुन्। सिक्लीको मन्दिर खोकनामा अवस्थित छ। [१] [२]

खोकनामा तागु, सलागु र जागु गरी तीनवटा प्रमुख समुदाय छन् । जात्राको दिन तागु र सलागुका चार कुमारी केटालाई शिकालीको पूजा गर्न छनोट गरिन्छ । स्थानीयहरूले १४ हिन्दू देवता र देवीहरूको प्रतिनिधित्व गर्न मुखोटा लगाउँछन्। [२] तान्त्रिक अनुष्ठान पछी मुखौटे नाच गरिन्छ। नर्तकहरूले रङ्गीन पहिरन लगाउँछन्। रुद्रायणी देवीको काठको रथ सडकमा बोकेर अन्ततः शिकाली मन्दिरमा राखिन्छ । सेतो लुगा लगाएका नेवार पुजारीले जात्राको नेतृत्व गर्छन्। [३]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Shikali Jatra - An Experience to Remember", ECS NEPAL, अन्तिम पहुँच २०२२-१०-०५ 
  2. २.० २.१ "Shikali Jatra in Khokana | Nepal Visit Info", २०१९-१०-०२, अन्तिम पहुँच २०२२-१०-०५ 
  3. Himalaya, Ace the (२०१७-०९-२४), "Shikali Jatra, a festival celebrated by the Newari Community in Khokana", Ace the Himalaya, अन्तिम पहुँच २०२२-१०-०५