शा फाले

हिमाली तारेको रोटी
(शाफालेबाट अनुप्रेषित)

शा फाले, जसलाई शाभाले पनि भनिन्छ, एक प्रकार तारेको रोटी हो।[१] यो प्रायत: हिमाली भेगमा (खासगरी तिब्बती र नेपाली समुदायमा) बनाइन्छ। यसको उत्पत्ति तिब्बतमा भएको मानिन्छ। यसलाई तयार गर्न मैदाको रोटीभित्र कुनै एक प्रकार को मासु (कुखुरा, खसी, भैंसी, आदि), बन्दा गोबी, प्याज, हरियो लसुन र अन्य मसलाको कीमा हालेर, गोलाकर बनाएर तेल मा तारिन्छ। मासुको सट्टामा अनय तरकारीहरू हालेर यसको शाकाहारी प्रकार पनि बनाउन मिल्छ।

शा फाले
नेपालको एउटा खाजा घरमा शा फाले
प्रकाररोटी वा पेस्ट्री
उत्पत्ति स्थानहिमालय
मुख्य सामग्रीहरूरोटी, मासु, तरकारी

यो खाद्य वस्तु नेपाल, तिब्बत, सिक्किम, आदि ठाउँहरूमा खाजाको रूपमा प्रचलित छ। [२] यसलाई सजिलो सँगै बोक्न मिल्ने भएकोले, यात्रा गर्दा बाटोमा खानको लागि पनि प्राय: बनाइने गरिन्छ।

शा फाले को अर्थ तिब्बती भाषामा "मासु रोटी" हो, शा अर्थात् मासु र फाले अर्थात् रोटी। [३]

  1. Tribune, The Assam (२०२२-१०-१६), "Five traditional must-try foods from Northeast India", assamtribune.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०४ 
  2. "Shapale — Tibetan Fried Meat Pie Recipe", yowangdu.com, १० अगस्ट २०१२। 
  3. "https://www.slurrp.com/article/sha-phaley-the-nepali-snack-that-deserves-your-attention-1659613924552%5C", Slurrp (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०४ मिति