वैतेश्वर गाउँपालिका
वैतेश्वर गाउँपालिका प्रकृतिकै सुन्दर देन उत्तरमा हनुमन्ते, पश्चिममा तामाकोसी र केन्द्रमा वैतेश्वर महादेव । दोलखा जिल्लाको मध्यभागमा अवस्थित वैतेश्वर गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो । यसको केन्द्र साविक नाम्दू गाविसको पाडु (हाल वैतेश्वर वडा नम्बर ६) हो भने जम्मा ८ वडा रहेका छन । साविक गैरिमुदी गाविस (१,२) मिर्गे (३),काब्रे( ४,५) नाम्दू (६,७) र क्षेत्रपा (८) लाई वडा विभाजन गरिएको छ ।
जनसङ्ख्या १९,८७६ (२०६८ को जनगणना अनुसार ) महिला- ९०९५ पुरुष- १०७८१
२१८२६ (२०५८ को जनगणना अनुसार)
जनघनत्व २४६्.९ प्रति वर्ग किमि
क्षेत्रफल ८०.५ वर्ग किमी
सडक पिच २३ किमि कच्ची ९० किमि
स्वास्थ्य संस्था स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य संस्था रहेका छन ।
'उमावि र क्याम्पस क्याम्पस २ वटा (हनुमन्तेश्वर क्याम्पस वैतेश्वर ४ काब्रे र त्रिपुरा क्याम्पस वैतेश्वर ६ नाम्दू) मावि : ६ वटा जनज्योति मावि (वैतेश्वर-२ पुतलिकाठ), कालिढुङ्गा मावि (वैतेश्वर-३ मिर्गे), हनुमन्तेश्वर मावि (वैतेश्वर-४ काब्रे), जलदेवि मावि (वैतेश्वर-५ मैनापोखरी), वैतेश्वर मावि (वैतेश्वर-६ नाम्दू), क्षत्रावति मावि (वैतेश्वर-८ क्षत्रपा)
जनप्रतिनिधी
अध्यक्ष: छवि लामा (नेपाली काङ्ग्रेस)
उपाध्यक्ष: रविचन्द्र आचार्य (नेकपा)
वडाध्यक्ष:१ वृषबहादुर तामाङ (नेपाली काङ्ग्रेस)
२ श्यामकुमार तामाङ (नेपाली काङ्ग्रेस)
३ कृष्णप्रसाद दहाल (नेपाली काङ्ग्रेस)
४ कुमार चौलागाई (नेकपा)
५ माधव बस्नेत (नेकपा)
६ शमशेर घिसिङ (नेपाली काङ्ग्रेस)
७ रेसमराज श्वराज रिमाल (नेकपा)
८ रमेशकुमार अधिकारी (नेकपा)
चर्चित व्यक्तिहरु
पशुपति चौलागाई, सांसद ,प्रदेस नम्वर ३ (नेकपा)
स्च चन्द्रराज ढुङ्गेल ,सांसद, राष्ट्रिय सभा
डा. कमलराज ढुङ्गेल, प्राध्यापक त्रिभुवन विश्वविध्यालय
यज्ञराज ढुङ्गेल, सहकारिविद
पदम जिरेल, प्रधानाध्यापक, क्षत्रावति मावि