विश्वकप फुटबल २०१० का खेलहरू

चित्र:2010 FIFA World Cup logo.svg
२०१० खेलको लोगो
चित्र:Zakumi.svg
जाकुमी (Zakumi),२०१० खेलको म्यासकट

फाईनल सम्पादन गर्नुहोस्

आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ। उसले फाइनलमा नेदरल्यान्ड्सलाई १-०ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो। खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो।

इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजीकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे। दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन्। युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो। बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन्।

स्पेनी टिमको प्रभुत्व रहेको खेलमा इंग्ल्याण्डका रेफ्री हवार्ड वेबले सुरुआती ९० मिनेटमा नौ पहेंलो कार्ड देखाएका थिए। अतिरिक्त समयको दोस्रो हाफमा डच डिफेन्डर जोन हेटिङ्गाले दोस्रो पहेंलो कार्डसँगै मैदान छाडे। स्पेनले विश्वकप फाइनल खेलेको पनि यो पहिलो हो। स्पेन दुई वर्षअघि युरोपेली विजेताका रूपमा दक्षिण अफ्रिका आएको थियो।

स्पेन विश्वकप जित्ने आठौँ देश भएको छ। विश्वकप इतिहासमा १३ औँ पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५०मा चौथो स्थानमात्र हो। सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन। नेदरल्यान्ड्सले अन्तिम मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो।

नेदरल्यान्ड्स विश्वकप फाइनलमा हारेको यो तेस्रोपल्ट हो। यसअघि नेदरल्यान्ड्स सन् १९७४मा पश्चिम जर्मनी र सन् १९७८ अर्जेन्टिनासँग पराजित भएको थियो। निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन। त्यसमा डच फरवार्ड आर्जेन रोबेनले दुई सुन्दर अवसर गुमाएका थिए। त्यो नै नेदरल्यान्ड्सको दुर्भाग्य रह्यो

तेस्रो स्थानः सम्पादन गर्नुहोस्

सेमिफाइनलमा जर्मनी स्पेनसग र उरुग्वे नेदरल्यान्ड्ससग पराजित भएपछि तेस्रो स्थानका लागि जर्मनी र उरुग्वेको तेस्रो स्थानको लागि प्रतिष्पर्धा भएको थियो। शनिबार राति (१०,जुलाई,२०१०) पोर्ट एलिजावेथमा भएको खेलमा उरुग्वेलाई २ का विरुद्ध तीन गोलले पराजित गर्दै तीन पटकको विश्व विजेता जर्मनीले तेस्रो स्थानमा चित्त बुझाएको छ।

जर्मनीले थमस मुलरको गोलबाट खेलको १८ औ मिनेटमा अग्रता लिएको थियो। तर त्यसपछि उरुग्वेले लगातार दुई गोल गर्‍यो। र खेलमा २-१को अग्रता लियो। उसका लागि एडीसन काभानीले २८ औ र फोर्लानले ५१ औ मिनेटमा गोल गरेका थिए।जर्मनीका लागि मार्सेल जान्सेनले गोल गर्दै खेल बरावरीमा ल्याएका थिए। विपक्षी गोलकिपरको कमजोरीको फाइदा उठाउदै उनले खेलको ५६ औ मिनेटमा बरावरी गोल गरेका हुन्। अत्यन्तै प्रतिष्पर्धात्मक खेलको ८२ औ मिनेटमा सामिक कुडिलाले गोल गरेपछि जर्मनीले अग्रता लियो।

त्यसपछि कुनै गोल हुन सकेन र जर्मनीले ३-२ले जित आफ्नो पक्षमा पार्‍यो।जर्मनी टिम कप्तान फिलिप लाम र मिरेस्लाव क्लोजा विना मैदानमा उत्रेको थियो।

सेमि फाईनल सम्पादन गर्नुहोस्

  • केपटाउन सहरमा मंगलबार राति भएको विश्वकपको पहिलो सेमीफाइनलमा बुधबार बिहान उरुग्वेलाई २-३ले हराउँदै नेदरल्यान्ड्स ३२ वर्षपछि पहिलो पटक फाइनल प्रवेश गर्‍यो।

यद्यपि उरुग्वेले पनि खेलको अन्तिमसम्म हार मानेन। त्यसैले खेलको अन्तिम समय भने निकै रोमाञ्चक बन्न पुगेको थियो। जब उरुग्वेले दोस्रो हाफपछि गोल गर्‍यो तब खेल रोमाञ्चक बन्यो। ब्राजीलविरुद्ध जबरजस्त प्रदर्शन गरेको नेदरल्यान्डको टीमले यो प्रतियोगितामा त्यत्ति आकर्षक खेल देखाउन भने सकेन। तर यो निश्चित हो कि उनीहरू पटक पटक गोल पोष्टमा आक्रामक रूपमा प्रस्तुत भइरहे। नेदरल्यान्डले पहिलो सफलता त्यस समय प्राप्त गर्‍यो जब कप्तान जियोवनी वैन बांकोस्टले करिब ३५ मिटरको दूरीबाट यस्तो सट प्रहार गरे जुन उरुग्वेका गोल किपर मुस्लेरालाई छल्दै गोलमा परिणत भयो। यही क्रममा नेदरल्यान्ड्सको डिफेन्सलाई छल्दै उरुग्वेका कप्तान डिएगो फोरल्यानले पनि ४१औं मिनेटमा टाढाबाट सट प्रहार गरेर जुन डच गोल किपरलाई छकाउन सफल भयो र गोल भयो र् ने खेल पुनः बराबरीमा आयो।यसपछि खेल निकै निराशाजनक रह्यो। तर प्रतियोगिताको ७१औं मिनेटमा पासा पल्टियो। जब स्नाइटरको सट गोलपोष्टमा ठक्कर खाँदै गयो। यो गोल यस विश्वकपमा स्नाइडरको पाँचौ गोल थियो। यसपछि नेदरल्यान्ड्सको टीन पुनः र्फममा फर्कियो। पुनः तीन मिनेट पछि नै आयन रांबेनले गोल गर्ने उत्कृष्ट अवसर पाए। रांबेनले हेडबाट गोल गरेर आफ्नो टीनलाई तीन एकको अग्रता दिलाए। यसपश्चात नेदरल्यान्ड्सले कैयौ आक्रामक प्रहार गर्‍यो तर उनीहरूले जितिसकेको ठानेकाले बचावमा लागे।

  • तीन पटकको विश्वकप विजेता जर्मनीलाई पराजित गरी स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा फुटबल महारथी जर्मनीलाई १-० गोलले हराउँदै स्पेन फाइनल प्रवेश गरेको हो।खेलअवधिभर जर्मनीलाई दबाबमा राखे पनि स्पेनले पहिलो हाफसम्म गोल लगाउन सकेन। दोस्रो हाफको २७ औँ मिनेटमा स्पेनका कार्लेस पुयोलले गरेको गोल नै निर्णायक बन्यो। स्पेनले फाइनलमा अर्को सेमी फाईनल विजेता नेदरल्यान्ड्ससँग आइतबार प्रतिष्पर्धा गर्नेछ।विश्वकप दाबेदार अर्जेन्टिनालाई ४-०को फराकिलो अन्तरले हराएको जर्मनीले सेमीफाइलनमा भने उत्कृष्ठ प्रदर्शन गर्न सकेन।

जर्मनी र स्पेनबीच यसअघि युरो कपको फाइनलमा भेट भएको थियो। युरो कपमा स्पेनले १-०को कठीन जीत हात पारेको थियो।


क्वाटर फाईनल सम्पादन गर्नुहोस्

  • अर्जेन्टिना र जर्मनी
  • स्पेन र पाराग्वे
  • नेदरल्यान्ड र ब्राजिल
  • उरुग्वे र घाना

तेस्रो चरण का खेल हरू सम्पादन गर्नुहोस्

  • खेल नम्बर-१५ होन्डुरसविरुद्ध चिली

समूह एचको पहिलो खेलमा चिलीले होन्डुरसलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको थियो। चिलीका लागि एक मात्र गोल खेलको ३४ औँ मिनेटमा हुवाँ ब्युजरले गरेका थिए। उक्त खेलमा होन्डुरसका विल्सन पालासियोस र चिलीका कार्लोस कारामोना तथा माटिज फर्नान्डेजलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि चिलीका हुवाँ ब्युजर म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-१६ स्पेनविरुद्ध स्वीजरल्याण्ड

समूह एचको दोस्रो खेलमा स्वीजरल्याण्डले स्पेनलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो। स्वीजरल्याण्डका लागि एक मात्र गोल खेलको ५२ औँ मिनेटमा गेल्सन फर्नान्डेजले गरेका थिए। यो खेलमा स्वीजरल्याण्डका डिएगो बेनाजियो, स्टेफन गि्रचटिङ, रेटो जेग्लर तथा हकन याकिनलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि स्वीजरल्याण्डका गेल्सन फर्नान्डेज म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-१७ दक्षिण अफ्रिकाविरुद्ध उरुग्वे

समूह एको तेस्रो खेलमा उरुग्वेले आयोजक दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्‍यो। उरुग्वेका लागि यो खेलमा डिएगो फोर्लानले २४ औँ तथा ८० औँ मिनेटमा र अल्भारो परेराले इन्ज्युरी टाइमको ५ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा दक्षिण अफ्रिकाका कागिसो डिक्गाकोइ र स्टेभन पिनारलाई पहेलो कार्ड देखाइएको थियो भने इतुमेलेन खुनेलाई रातो कार्ड देखाइएको थियो। यो खेलका लागि उरुग्वेका डिएगो फोर्लान म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-१८ फ्रान्सविरुद्ध मेक्सिको

समूह एको चौथो खेलमा मेक्सिकोले फ्रान्सलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्‍यो। मेक्सिकोका लागि यो खेलमा जाभियर हर्नान्डेजले ६४ औँ मिनेट तथा काउथेमोक ब्ल्यांकोले ७९ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा फ्रान्सका एरिक अबिदाल र जेरेमी ताउलान तथा उरुग्वेका हेक्टर मोरेनो, फ्रान्सिस्को रोडि्रगुएज, इफ्रान ज्वारेज र गुल्लेलमो फ्र्यांकोलाई पहेंलो कार्ड देखाइएको थियो। यो खेलका लागि मे क्सिकोका जाभियर हर्नान्डेज म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-१९ ग्रीसविरुद्ध नाइजेरिया

समूह बीको तेस्रो खेलमा ग्रीसले नाइजेरियालाई १ का विरुद्ध २ गोलले पराजित गर्‍यो। ग्रीसका लागि यो खेलमा दिमित्रि साल्पिगिडिसले ४४ औँ मिनेट तथा भासिलिस टोरोसिडिसले ७१ औँ मिनेटमा गोल गरेका थिए भने नाइजेरियाका लागि एकमात्र गोल कालू उचेले १६ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा गि्रसका सोक्रेटिस पापास्थाथोपाउलोस, एलेक्ज्यान्ड्रोस जियोलिस र जर्जियोस सामारास तथा नाइजेरियाका चिनेदु ओवासीलाई पहेंलो कार्ड देखाइएको थियो भने नाइजेरियाका सानी काइतालाई रातो कार्ड देखाइएको थियो। यो खेलका लागि नाइजेरियाका भिन्सेन्ट इनिमा म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२० अर्जेन्टिना विरुद्ध दक्षिण कोरिया

समूह बीको चौथो खेलमा अर्जेन्टिनाले दक्षिण कोरियालाई १ का विरुद्ध ४ गोलले पराजित गर्‍यो। अर्जेन्टिनाका लागि यो खेलमा गोन्जालो हिग्विनले ह्याटि्रक गर्दै खेलको ३३ औं, ७६ औँ र ८० औँ मिनेटमा गोल गरेका थिए भने दक्षिण कोरियाका पार्क चु योङले १७ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। यो प्रतियोगिताको दोस्रो आत्मघाती गोल थियो। यसैगरी यो खेलमा दक्षिण कोरियाका ली चोङ योङले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। यो खेलमा अर्जेन्टिनाका जोनास गुटिरेज्, ग्याबि्रयल हेन्ज र ज्याभियर मास्टेरानो तथा दक्षिण कोरियाका ली चुङ योङ र योम कि हुनलाई पहेंलो कार्ड देखाइएको थियो। यो खेलका लागि अर्जेन्टिनाका गोन्जालो हिग्विन म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२१ जर्मनी विरुद्ध सर्बिया

समूह डीको तेस्रो खेलमा सर्बियाले जर्मनीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो। सर्बियाका लागि यो खेलमा एक मात्र गोल खेलको ३८ औँ मिनेटमा मिलान जोभानोभिचले गरेका थिए। यो खेलमा जमर् नीका मिरोस्लाभ क्लोस खेलको १२ औँ र ३७ औँ मिनेटमा प्राप्त दुई पहंेलो कार्डका कारण रातो कार्ड पाई निष्कासित भए भने फिलिप ल्याम, सामी खेडिरा र बास्टियन स्वेनस्टेगर तथा सर्बियाका ब्रानिस्लाभ इभानोभिक, नेमेन्जा भिडिक, नेभेन सुबोटिक र एलेक्जेन्डर कोलारोभलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि सर्बियाका भ्लादिमिर स्टोज्कोभिक म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२२ स्लोभेनियाविरुद्ध अमेरिका

समूह सीको तेस्रो खेल स्लोभेनिया र अमेरिकाबीच २-२ गोलको बराबरीमा टुङ्गएिको थियो। यो खेलमा स्लोभेनियाका लागि खेलको १३ औँ मिनेटमा भाल्टर बिर्सा र ४२ औँ मिनेटमा ज्लाटन लुभजान्किकले गोल गरेका थिए भने अमेरिकाका लागि खेलको ४८ औँ मिनेटमा ल्याण्डोन डोनोभान र ८२ औँ मिनेटमा माइकल ब्राड्लेले गोल गरेका थिए। यो खेलमा स्लोभेनियाका मार्को सुलर, बोस्टान सिजर, बोजान जोभिक र आन्द्रेज किमले तथा अमेरिकाका रोबी फ्रिन्ड्लेले पहेंलो कार्ड पाएका थिए। यो खेलका लागि अमेरिकाका ल्याण्डोन डोनोभान म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२३ इङ्ल्याण्डविरुद्ध अल्जेरिया

समूह सीको चौथो खेल इङ्ल्याण्ड र अल्जेरियाबीच गोलरहित बराबरीमा टुङ्गएिको थियो। यो खेलमा इङ्ल्याण्डका जेमी काराघार र अल्जेरियाका मेहदी लासेनले पहंेलो कार्ड पाएका थिए। यो खेलका लागि इङ्ल्याण्डका एस्ले कोल म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२४ घानाविरुद्ध अस्ट्रेलिया

समूह डीको चौथो खेल घाना र अस्ट्रेलियाबीच १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। यो खेलमा अस्ट्रेलियाका लागि खेलको ११ औँ मिनेटमा ब्रेट होल्म्यानले र घानाका लागि २५ औँ मिनेटमा आसामोह ग्यानले पेनाल्टीमार्फत गोल गरेका थिए। यो खेलमा अस्ट्रेलियाका हेरी केभेलले रातो कार्ड पाए भने क्रेग मुरले पहेलो कार्ड पाए। यसैगरी घानाका जोनाथन मेन्सा, ली एडी र एन्थोनी अनानले पनि पहेंलो कार्ड पाए। यो खेलका लागि घानाका आसामोह ग्यान म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२५ जापानविरुद्ध नेदरल्यान्ड

समूह ईको तेस्रो खेलमा नेदरल्यान्डले जापानलाई शून्यका विरुद्ध १ गोलको पराजित गरेको थियो। यो खेलमा नेदरल्यान्डका लागि वेस्ले स्नाइडरले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा ने दरल्याण्डका ग्रेगोरी भ्यान डेर विल्सलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि नेदरल्यान्डका वेस्ले स्नाइडर म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२६ क्यामरुनविरुद्ध डेनमार्क

समूह ईको चौथो खेलमा डेनमार्कले क्यामरुनलाई १ का विरुद्ध २ गोलको पराजित गरेको थियो। यो खेलमा डेनमार्कका लागि निक्लास बेन्टनरले खेलको ३३ औँ मिनेटमा र डेनिस रोमेडलले ६१ औँ मिनेटमा गोल गरेका थिए भने क्यामरुनका लागि स्यामुयल इटोले १० औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा क्यामरुनका स्टेफन बिया र सेबास्टिन बासोन तथा डेनमार्कका थोमस सोरेन्सन र सिमोन जारलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि डेनमार्कका ड्यानियल एगर म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२७ स्लोभाकियाविरुद्ध पाराग्वे

समूह एफको तेस्रो खेलमा पाराग्वेले स्लोभाकियालाई शून्यका विरुद्ध २ गोलको पराजित गरेको थियो। यो खेलमा पाराग्वेका लागि एनरिक भेराले खेलको २७ औँ मिनेटमा र क्रिस्टियन रिभेरोले ८६ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा स्लोभाकियाका जान ड्युरिका, स्ट्यानिस्लाभ सेस्टेक र भ्लादिमिर विज तथा पाराग्वेका एनरिक भेरालाई पहेंलो कार्ड देखाइएको थियो। यो खेलका लागि पाराग्वेका एनरिक भेरा म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-२८ इटालीविरुद्ध न्युजिल्याण्ड

समूह एफको चौथो खेल इटाली र न्युजिल्याण्डबीच १-१ गोलको बराबरीमा टुङ्गएिको थियो। यो खेलमा न्युजिल्याण्डका सेन स्मेल्जले खेलको ७ औँ मिनेटमा र इटालीका लागि भिसेन्जो इक्विन्टाले २९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। यो खेलमा न्युजिल्याण्डका रायन नेल्सन, टोमी स्मिथ र रोरी फालोनलाई पहेलो कार्ड देखाइएको थियो। यो खेलका लागि इटालीका ड्यानियल डे रोस्सी म्यान अफ दि म्याच घो षित भए।

  • खेल नम्बर-२९ ब्राजिलविरुद्ध आइभोरिकोस्ट

समूह जीको तेस्रो खेलमा ब्राजिलले आइभोरिकोस्टलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको थियो। यो खेलमा ब्राजिलका लागि लुइस फाबियानोले खेलको २५ औँ र ५० औँ मिनेटमा तथा इलानोले ६२ औँ मिनेटमा गोल गरेका थिए भने आइभोरिकोष्टका लागि डिडियर ड्रोग्बाले ७९ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा ब्राजिलका काकाले दुई पहेलो कार्डसहित रातो कार्ड पाए भने आइभोरिकोस्टका स्लाका तिने, स्माइल टोटे र कादेर किताले पहंेलो कार्ड पाए। यो खेलका लागि ब्राजिलका लुइस फाबियानो म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-३० पोर्चुगलविरुद्ध उत्तर कोरिया

समूह जीको चौथो खेलमा पोर्चुगलले उत्तर कोरियालाई शून्यका विरुद्ध ७ गोलले पराजित गर्‍यो। यो खेलमा पोर्चुगलका राउल मिर्लेस, सिमाओ सब्रोसा, ह्युगो अल्मेडा, टेगो मेन्डेज, लेड्सन तथा क्रिस्टियानो रो नाल्डोले क्रमशः २९ औं, ५३ औं, ५६ औं, ६० औँ र ८९ औं, ८१ औँ र ८७ मिनेटमा गोल गरेका थिए। यो खेलमा पोर्चुगलका पेड्रो मेन्डेज र ह्युगो अल्मेडा तथा उत्तर कोरियाका होङ योङ जो र पार्क चोल जिनलाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-३१ चिलीविरुद्ध स्वीजरल्याण्ड

समूह एचको तेस्रो खेलमा चिलीले स्वीजरल्याण्डलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो। यो खेलमा चिलीका मार्क गोन्जालेजले ७५ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा स्वीजरल्याण्डका भेलोन बेरामीलाई रातो कार्ड देखाइयो भने गोखान इन्लर, ब्लासी कुफो, ट्रान्क्िवलो ब्रनेट तथा चिलीका गेरी मेडेल, वाल्डो पोन्स, कार्लोस कार्मोना, माटियास फर्नान्डेज, हम्बेर्टो स्विजो र जर्ज भाल्डिभियालाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि चिलीका मार्क गोन्जालेज म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-३२ स्पेनविरुद्ध होन्डुरस

समूह एचको चौथो खेलमा स्पेनले होन्डुरसलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्‍यो। यो खेलमा स्पेनका डेभिड भिल्लाले १७ औँ र ५१ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा होन्डुरसका इमिलो जाग्विरा र ड्यानिलो टाउसियोलाई पहंेलो कार्ड देखाइयो। यो खेलका लागि स्पेनका डेभिड भिल्ला म्यान अफ दि म्याच घोषित भए।

  • खेल नम्बर-३३ मेक्सिकोविरुद्ध उरुग्वे

समूह एको पाँचौं खेलमा उरुग्वेले मेक्सिकोलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो। यो खेलमा उरुग्वेका लुइस अल्बर्टो स्वारेजले ४३ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा मेक्सिकोका इजरायल क्यास्ट्रो र जाभियर हर्नान्डेज तथा उरुग्वेका जर्ज फ्युसिललाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि उरुग्वेका लुइस अल्बर्टो स्वारेज म्यान अफ दि म्याच घोषित भए। यो खेलको नतीजापछि उरुग्वे र मेक्सिको दुवै समूह एबाट दोस्रो चरणमा पुगे।

  • खेल नम्बर-३४ दक्षिण अफ्रिकाविरुद्ध फ्रान्स

समूह एको छैटौँ खेलमा दक्षिण अफ्रिकाले फ्रान्सलाई १ का विरुद्ध २ गोलले पराजित गर्‍यो। यो खेलमा दक्षिण अफ्रिकाका बोन्गानी खुमालोले २० औँ मिनेटमा र काट्लेगो फेलाले ३७ औँ मिनेटमा गोल गरेका थिए भने फ्रान्सका फ्लोरेन्ट मालोडाले ७० औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा फ्रान्सका योयान गोर्कुफलाई रातो कार्ड देखाइयो भने अवाउ दाइबीलाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि दक्षिण अफ्रिकाका काट्लेगो फेला म्यान अफ दि म्याच घोषित भए। यो खेलको नतीजापछि फ्रान्स र दक्षिण अफ्रिका दुवै विश्वकपवाट बाहिरिए।

  • खेल नम्बर-३५ नाइजेरियाविरुद्ध दक्षिण कोरिया

समूह बीको पाँचौं खेलमा दक्षिण कोरियाले नाइजेरियासाग २-२ गोलको बराबरी खेलेपछि दोस्रो चरणमा प्रवेश पायो। यो खेलमा दक्षिण कोरियाका ली जुङ सुले ३८ औँ मिनेटमा र पार्क चु योङले ४९ औँ मिने टमा गोल गरेका थिए भने नाइजेरियाका लागि १२ औँ मिनेटमा कालु उचे र ६९ औँ मिनेटमा याकुब एग्बेनीले पेनाल्टीमार्फत गोल गरेका थिए। यो खेलमा नाइजेरियाका भिन्सेन्ट इनिमा, यीला युसुफ, चिनेदु ओवासी तथा दक्षिण कोरियाका किम नाम इललाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि दक्षिण कोरियाका पार्क जि सुङ म्यान अफ दि म्याच घोषित भए। यो खेलको नतीजापछि नाइजेरिया विश्वकपवाट बाहिरियो।

  • खेल नम्बर-३६ ग्रीसविरुद्ध अर्जेन्टिना

समूह बीको छैटौँ खेलमा अर्जेन्टिनाले ग्रीसलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको थियो। यो खेलमा अर्जेन्टिनाका मार्टिन डेमिचिलीले ७७ औँ मिनेटमा र मार्टिन पालेर्मोले ८९ औँ मिनेटमा गोल गरेका थिए। यो खेलमा ग्रीसका कोक्टास कात्सोरानिज र अर्जेन्टिनाका मारियो बोलाटीलाई पहेंलो कार्ड देखाइयो। यो खेलका लागि अर्जेन्टिनाका लियोनेल मेस्सी म्यान अफ दि म्याच घोषित भए। यो खेलको नतीजापछि अर्जेन्टिना दोस्रो चरणमा प्रवेश गर्‍यो भने ग्रीस विश्वकपबाट बाहिरियो।

प्रतिस्पर्धि ह‍रु सम्पादन गर्नुहोस्

देहाय का राष्ट्रहरू विश्वकप फुटबल २०१०कोको तेस्रो चरणको खेल खेल्न छानिएका थिए |

अफ्रिका एसिया युरोप उत्तर र मध्य् अमेरिका ओसेनिया दक्षिण अमेरिका
 अल्जीरीया (ALG)  जापान (JPN)  डेनमार्क (DEN)  होन्डुरस (HON)  अस्ट्रेलिया (AUS)  अर्जेन्टिना (Argentina) (ARG)
 कैमरुन (CMR)  कोरिया डि पी आर (PRK)  इङ्ल्यान्ड (ENG)  मेक्सिको (MEX)  न्युजिल्याण्ड (New Zealand) (NZL)  बार्जिल (Brazil) (BRA)
 आइभोरिकोस्ट(CIV)  गणतन्त्र कोरिया (KOR)  फ्रांस (FRA)  सयुक्त राज्य अमेरिका (USA)  चिले (चिली) (Chile) (CHI)
 घाना (GHA)  जर्मनी (GER)  पाराग्वे (Paraguay) (PAR)
 नाइजिरीया (NGA)  ग्रीस (GRE)  उरुग्वे (Uruguay) (USU)
 दक्षिण अफ्रिका (RSA)  इटाली (ITA)
 नेदरल्यान्डस (NED)
 पोर्चुगल (POR)
 सर्बिया (SRB)
 स्लोवाकिया (SVK)
 स्लोवेनिया (SVN)
 स्पेन (ESP)
 स्वीट्जरल्याण्ड (SUI)