बाह्य मामिलाको मन्त्री वा सामान्यतया विदेश मन्त्री भारतको विदेश मन्त्रालयको प्रमुख हुन्छन । भारतको केन्द्रीय मन्त्रीमण्डलमा विदेश मन्त्रालय जेठो मन्त्रालय अन्तर्गत पर्छ । यस मन्त्रालयको प्रमुख को काम आफ्नो देशको प्रतिनिधित्व गर्ने र बिदेशी समुदायमा आफ्नो सरकारको मामिला हेर्ने हो । भारतको विदेश-नीति तय गर्नमा यसको प्रमुख हात हुन्छ । भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले आफू प्रधानमन्त्री छदा विदेश मन्त्रीको कार्यभार पनि आफू संगै राखेका थिए । उनी सो पदमा १७ वर्ष सम्म रहे जुन आज पनि भारतको इतिहासमा सबैभन्दा बढी हो । विदेश मन्त्री भएर काम गर्ने मन्त्रीहरु पछि प्रधानमन्त्री पनि बनेको इतिहास रहेको छ । हाल भारतको विदेशमन्त्री सुषमा स्वराज हुन् । उनले आफ्नो पदको कार्यभार २६ मे २०१४ मा सम्हालेकी हुन् ।[१]

बहालवाला
सुषमा स्वराज
२६ मे २०१४ देखि
विदेश मन्त्री
नियुक्तिकर्ताप्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिद्वारा
प्रथम पदाधिकारीजवाहरलाल नेहरु
गठन२ सेप्टेम्बर १९४६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "At a glance: Sushma Swaraj, from India's 'youngest minister' to 'aspiring PM'", India TV, १५ जुन २०१३, अन्तिम पहुँच ६ अगस्ट २०१३