विकिपिडिया वार्ता:हिज्जे परियोजना

हिज्जे परियोजना

सामान्य प्रचलित अशुद्ध शब्दहरू

योगदानकर्ताहरू

छलफल

तथ्याङ्क


'सूत्र' सम्बन्धमा सम्पादन गर्नुहोस्

मलाई लाग्छ 'सूत्र' शब्द Formula को लागि हो Link को लागी होइन। यदि हामी Link को लागि 'सूत्र' भन्छौं भने, Formula को लागि कुन शब्द भन्नुपर्दछ।--Saroj Uprety (कुरा गर्ने) १३:३९, १५ अगस्त २०२० (नेपाली समय)

सूत्र शब्द प्रचलित रूपमा Formula को सट्टामा प्रयोग हुँदै आएकोले यो सुझाब मनन योग्य छ। लिङ्क वा कडी शब्द प्रयोग गर्न सकिन्छ। - DULAL (मसँग कुरा गर्नुहोस्) २०:४६, १८ अगस्त २०२० (नेपाली समय)
'कडी' शब्दकै प्रयोग गर्दा ठीक हुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:११, १९ अगस्त २०२० (नेपाली समय)
शब्द 'सूत्र' प्रत्येक लेखमा प्रयोग भइरहेको छ। कृपया यसलाई (मीडियाविकि:Edittools) ठीक गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) ०८:२२, १९ अगस्त २०२० (नेपाली समय)
सूत्र भनेको बहुअर्थी शब्द हो। कुनैलाई सूत्रबद्ध गर्नु भन्नाले त्यसलाई एकआपसमा जोड्नु भन्ने अर्थ लाग्छ, फर्मुलामा लैजानु भन्ने अर्थ लाग्दैन। वास्तवमा भन्नु पर्दा सूत्रले एउटाबाट अर्कोमा जोड्ने काम गर्छ भने अर्को सूत्र (गणितको) ले हिसाब सुल्झाउन मद्दत गर्छ। सूत्रको प्रयोग भइरहेकोले यसलाई निरन्तरता दिनु पर्छ कि? नेपाली शब्दकोश अनुसार सूत्र भनेको गुप्त खबर, सूचना, सुराकी आदीलाई पनि जनाउँछ, तसर्थ यो फर्मुला मात्र नभई धेरै थरि अर्थ दिने बहुअर्थी शब्द हो। यसको प्रयोगमा कुनै नोक्सानी छैन होला। पर्वत सुबेदी (कुरा गर्ने) ०९:३५, १९ अगस्त २०२० (नेपाली समय)
निकटवर्ती भाषाहरूलाई समेत हेर्दा 'कडी' शब्द नै उपयुक्त हुने देखिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२१, १९ अगस्त २०२० (नेपाली समय)
परियोजना पृष्ठ "हिज्जे परियोजना"मा फर्कनुहोस्।