वर्फी खुवाबाट बनाईने एक प्रकारको मिठाई हो। दूधलाई राम्रोसँग खियाएर बनाएको खुवामा चिनीनरिवल मिसाएर वर्फी तयार गरिन्छ। हाम्रो देश नेपाल तथा भारतमा यसलाई राम्रो मिठाइको रूपमा लिइन्छ। तिहारको बेला मानिसहरूले आफन्तहरूलाई यो मिठाइ बाँड्ने गरेको देखिन्छ।

वर्फी।

वर्फी निर्माणको लागि चाहिने सामग्रीहरू सम्पादन गर्नुहोस्

खुवा १ किलो, चिनी १ पाउ, नरिवल आधा पाउ।

निर्माण विधि सम्पादन गर्नुहोस्

खुवा घोटेर चिनी हाल्ने। भकभकी उम्लिन थालेपछि त्यसलाई घोट्ने। त्यसपछि एउटा सफा किस्तीमा खुवा र चिनीको मिश्रण खन्याउने। केही समयपछि नरिवलको धूलो चारैतिर छर्कने। ५-६ घन्टापछि किस्तीमै बर्फीको आकारमा काट्ने।