नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पतिलाई वनमारा भनिन्छ। यसको उचाई ५ देखि ७ फूटसम्म हुन्छ। यसको पात गाढा हरियो रङ्को र केही खस्रो हुन्छ। यसको डाँठ बढीमा ३ इन्च सम्म व्यास भएको हुन्छ।

वनमारा

पाइने स्थान सम्पादन गर्नुहोस्

नेपालमा यो महाभारत, चुरे तथा तराइ सबै भेकमा पाइन्छ।

वनमाराबाट वनलाई हानी सम्पादन गर्नुहोस्

रातो बुकीफूल जस्तो फूल फूल्ने यो वनस्पति शुरूमा घना जङ्गल भएको ठाउँमा उम्रेर त्यहाँ रहेको जङ्गललाई विस्तार विस्तार विनास गर्दै आफ्नो बर्चस्व कायम गर्ने भएकाले यसलाई "वनमारा" नामाकरण गरिएको हो।

बुझाई गलत पर्‍यो सम्पादन गर्नुहोस्

काठमाडौंमा सानो सानो कालो डाँठ भएको चुच्चो पात भएको झार प्रजातिको वनस्पति कालीमुन्टेलाई वनमारा भनिन्छ। यद्यपि यो झार एकदमै सुख्खा ठाउँमा पनि उम्रन सक्ने तथा छिटो सड्नसक्ने भएकाले यसले भुँइमा भएको ओसिलोपनालाई धेरै समयसम्म सुक्न नदिने र कुहिएर मल प्रदान गर्ने गर्दछ। यो वनस्पतिलाई पूर्वतिर कालीझार अथवा तीते भन्ने गरिन्छ।

फाइदाहरू सम्पादन गर्नुहोस्

वनमाराबाट विभिन् फाइदाहरू लिन सकिन्छ। यसको डाँठबाट वैकल्पिक कोइला "ब्रिकेट" बनाउन सकिन्छ। धरानस्थित "लाङ्घाली सामुदायिक वन" का उपभोक्ताहरूले वनमाराबाट ब्रिकेट बनाएर वैकल्पिक उर्जाको रूपमा सफल प्रयोग गरिरहेका छन्। काठमाडौंमा प्रतिगोटा १० रूपैयाँ पर्ने यस्तो ब्रिकेट यहाँ प्रतिगोटा ३ देखि ४ रूपियाँमा किन्न सकिन्छ। वन विनास गर्ने भएकोले यसको जति धेर प्रयोग गरेपनि वन संरक्षणमा फाइदा पुग्ने भएकाले वनमाराकै ब्रिकेट बनाउन थालिएको वनका उपभोक्ताहरू वताउँछन्। यसलाई खाडलमा जलाएर जैविक अंगार अर्थात बायोचार पनि बनाउने गरिएको छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  • विभिन्न पत्रपत्रिकामा प्रकाशित वातावरण सम्बन्धी लेखहरू