रैथाने एक शब्द हो जसले कुनै विशेष स्थानको सम्बन्धमा मानिसहरूको समूह (बासिन्दाहरू, मूल निवासीहरू) लाई पहिचान गर्दछ।[१] यस शब्द सामान्यतया ठाउँको नाम (बस्ती, गाउँ, सहर, नगर, क्षेत्र, प्रदेश, राज्य, देश र महाद्वीप) बाट लिइएको हुन्छ।[२] कुनैपनि ठाउँको जनसङ्ख्याभित्र हुन सक्ने जातीय, भाषिक, धार्मिक वा अन्य सांस्कृतिक भिन्नताहरूको वास्ता नगरी रैथाने शब्दको प्रयोग कुनै विशेष स्थानको सबै मानिसहरू (सामान्य जनसङ्ख्या) लाई निर्दिष्ट गर्न प्रयोग गरिन्छ।[३] रैथानेहरूको उदाहरणहरूमा, पञ्जाब राज्यको वासिन्दाहरूलाई पञ्जाबी तथा बिहारको वासिन्दाहरूलाई बिहारी भनिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "gentilic", Merriam-Webster Dictionary, अन्तिम पहुँच २५ जुलाई २०१५  "Definition of GENTILIC", मूलबाट २५ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०१५ .
  2. Roberts 2017, पृष्ठ 205.
  3. Scheetz, George H. (१९८८), Names' Names: A Descriptive and Pervasive Onymicon, Schütz Verlag।