राष्ट्रिय समाचार समिति

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो। समाचारपत्र प्रेषण र समाचार प्रसारण गर्न दुई वटा निजी समाचार समिति गाभिएर वि. सं. २०१८ मा राष्ट्रिय समाचार समिति ऐन, २०१९ बमोजिम यसको स्थापना गरिएको थियो।

राष्ट्रिय समाचार समिति
व्यवसाय प्रकार
समाचार समिति
स्थापित४ डिसेम्बर १९६२ (६१ वर्ष पहिले) (१९६२-१२-04)
केन्द्रीय कार्यालयकाठमाडौँ, नेपाल
वेबसाइटwww.rss.com.np

इतिहास सम्पादन गर्नुहोस्

नेपालमा वि.सं. २०१६ भन्दा पूर्व कुनै संवाद समितिहरू थिएनन्। २०१६ साल पुस १ गते 'निष्पक्ष तवरमा समाचारको सङ्कलन र वितरण गर्ने' उद्देश्यले 'नेपाल संवाद समिति'को स्थापना भएको थियो। यो संवाद समिति २०१७ साल फागुन ६ सम्म चालू रह्यो। निष्पक्ष तवरमा समाचारको सङ्कलन र वितरण गर्ने उद्देश्यले पुनः २०१७ साल वैशाख ३० गते 'सगरमाथा संवाद समिति'को स्थापना भएको थियो। यो संवाद समिति पनि २०१७ साल फागुन ६ सम्म चालू रह्यो।

२०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिका नामले हालको राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो[१]। तर राष्ट्रिय समाचार समिति ऐन, २०१९ भने २०१९ साल मंसिर १९ गते मात्र लागू भएको हो। राष्ट्रिय समाचार समिति ऐन, २०१९मा राष्ट्रिय समाचार समितिको उद्देश्य यसरी व्याख्या गरिएको छ- 'नेपाल अधिराज्य भित्रका र विदेशका समेत निष्पक्ष एवं आधिकारिक समाचार तथा सूचना देशबासी तथा विदेशीले पनि जानकारी पाउन र अधिराज्यमा एकताको भावनाको वृद्धिको साथै ठोस जनमतको सृजनामा मद्दत होस् भन्ने हेतुले देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सूचनाको खोजी गरी प्राप्त भएका समाचार र सूचना प्रयोगकर्ताहरूमा वितरण गर्नुका साथै समाचारहरूको समुचित आदान-प्रदानसमेत गर्न एक राष्ट्रव्यापी राष्ट्रिय समाचार समितिको गठन र त्यसको स्वस्थ एवं मजबूत जग बसाल्न व्यवस्था गर्ने।

स्वर्ण महोत्सव सम्पादन गर्नुहोस्

 
राष्ट्रिय समाचार समिति स्वर्ण महोत्सव स्मारक

वि.सं. २०१८ मा स्थापना भएको राष्ट्रिय समाचार समितिले वि.सं. २०६८ मा ५० वर्ष पुरा गरेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्