राजारानी
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
राजारानी नेपालको कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । राजारानी गाविसमा अवस्थित चारै तर्फरमाइला डाँडाहरूले घेरिएर रहेको सानो उपत्यका आकारको वनावट भएको ठाउँलाई राजारानी भनिन्छ। यस उपत्यकामा रहेका दुईवटा ताललाई राजारानी ताल भनिन्छ। यीनै तालको नामबाट यो ठाउँको नाम राजारानी रहेको हो। प्राचिन कालमा यहाँ मावरक -आमा पोखरी) र पावरक -बाबु पोखरी) भन्ने २ वटा ताल थिए। यी तालमा खदमराजा, खदमरानी भनीने शक्तिशाली राजारानी वस्तथे। वि.सं.१८६२ मा ताल फुटेर पानी वाहिर गएपछि खदमराजा, खदमरानी पाँचथरको याङवरकमा गइ वसेका छन् भन्ने किम्वदन्ती रहेको छ। यी तालहरू हाल दलदल क्षेत्रकोरूपमा रहेका छन्। ताल क्षेत्रबाट निस्किएको पानी सानो खोल्सीकोरूपमा बगेर वाहिर गएको छ। तालको विकास तथा संरक्षणको योजना बनाई पुनः पानीले भर्न सकिने पर्याप्त सम्भावना रहेको छ। यसरी पुनर्जीवन पाएमा यो ताल नौकाविहारको लागि आकर्ष स्थल हुनसक्छ। राजारानी पुग्न भेडेटारबाट २० कि.मी वस यात्रा गर्नुपर्छ।[१]
Raja Rani
राजारानी | |
---|---|
देश | नेपाल |
अञ्चल | कोशी |
जिल्ला | धनकुटा जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,५६७ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्