राजदेवी मन्दिर, राजविराज

राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपालभारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।[२][३]

राजदेवी मन्दिर
राजदेवी मन्दिर
प्राथमिक विवरण
स्थान:राजदेवी, राजविराज
सम्बन्धनहिन्दुत्व
जिल्लासप्तरी
देशनेपाल

इतिहास सम्पादन गर्नुहोस्

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति सेन वंशको समयमा भएको देखिन्छ ।

महत्त्व सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dāsa, Harikāntalāla (२००३), Saptarī Jillākā pramukha sāṃskr̥tika sthalaharu : eka adhyayana : laghuanusandhānakārya (1. saṃskaraṇa. संस्करण), Kāṭhamāḍauṃ: Nepāla Rājakīya Prajñā-Pratishṭhāna, पृ: 120, आइएसबिएन 9789993350569 
  2. "Maha Asthami observed today", ekantipur.com  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-११ मिति
  3. "The Goddess with Severed Head", Boss Nepal  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्