याहु! बाबेल फिस एक नि: शुल्क वेबमा आधारित एक बहुभाषी अनुवाद अनुप्रयोग थियो। मे २०१२ मा यसलाई बिङ अनुवादद्वारा प्रतिस्थापित गरिएको थियो जसमा सोधपुछहरू अनुप्रेषित गरिएको थियो। [१] याहु! यसको बाबेल फिस अनुवाद सेवालाई बिङ अनुवादमा सारेको थियो तथापि, यसले आफ्नो अनुवाद अनुप्रयोगलाई माइक्रोसफ्टलाई बेचेको थिएन। 

याहु! बाबेल फिस
याहु! बाबेल फिसको पर्दा चित्रण
साइटको प्रकार
अनुवाद सेवा
मालिकयाहु!
युआरएलbabelfish.yahoo.com
व्यवसायिकहैन

सबैभन्दा पुरानो नि: शुल्क अनलाइन भाषा अनुवादकको रूपमा, सेवाले ३६ जोडी पाठ वा वेब पृष्ठ अनुवाद १३ वटा भाषाहरूमा गर्दछ जसमा अङ्ग्रेजी, सरलीकृत चिनियाँ, परम्परागत चिनियाँ , डच , फ्रान्सेली, जर्मनेली, ग्रीक, इटालेली, जापानी, कोरियाली, पोर्तुगाली, रूसी, र स्पेनी समावेश छ।[२][३]

इण्टरनेट सेवाले यसको नाम बाबेल माछाबाट लिएको हो जुन डगलस एडम्सको पुस्तक र रेडियो शृङ्खला द हिचहाइकर्स गाईड टु द ग्यालेक्सीको एक काल्पनिक प्रजाति हो जसले तत्काल भाषाहरू अनुवाद गर्न सक्दछ।[४] यसको फलस्वरूप, काल्पनिक जीवको नामले बाबेलको  सहरमा उठ्ने भाषाहरूको भ्रमको बाइबलीय  विवरणहरूलाई जनाउँछ।

इतिहास सम्पादन गर्नुहोस्

९ डिसेम्बर १९९७, मा, अङ्कीय उपकरण निगम (अनुवादित नाम) र सिष्ट्रना एसएले, बाबेल फिस डट अल्टाभिष्टा डटकममा अनुवाद सेवा सुरू गरेको थियो, जुन अङ्कीय उपकरण निगमको अन्वेषकहरूको टोलीले विकसित गरेको थियो।[५]

फेब्रुअरी २००३ मा, अल्टाभिष्टालाई ओभरचर सेवा निगमद्वारा खरीद गरिएको थियो।[४][६] जुलाई २००३ मा, ओभरचरलाई याहुले अधिग्रहण गरेको थियो।[७]

बाबेल फिसको लागि वेब ठेगाना बाबेल फिस डट अल्टाभिष्टा डटकम ९ मे २००८ सम्म रहेको थियो र पछि यसको डोमेन नाम बाबेल फिस डट याहु डटकममा परिवर्तन गरिएको थियो।[८]

३० मे २०१२ सम्म, वेब ठेगाना पुनः परिवर्तन गरिएको थियो।[९] माइक्रोसफ्टको बिङ अनुवादले याहु बाबेल फिसलाई प्रतिस्थापन गरेपछि बाबेल फिस डट याहु डटकमलाई माइक्रोसफ्ट ट्रान्सलेटर डटकममा पुनर्निर्देशित गरिएको थियो।[१०]

प्रयोगकर्ताहरू याहु! बाबेल फिसलाई ओस्कार जोफ्रेले स्थापना गरेको बाबेल फिस निगमसँग भ्रमित भएका थिए जसको युएलएल बाबेल फिस डटकम (सन् १९९५ मा सृजना गरिएको) द्वारा सञ्चालित छ।[११]

जुन २०१३ सम्म, बाबेल फिस डट याहु डटकम उप्रान्त माइक्रोसफ्ट बिङ अनुवादमा पुनः निर्देशित भएको थिएन। उक्त युआरएल हाल याहुको प्रमुख पृष्ठमा अनुप्रेषित हुन्छ।[१२]

समर्थित भाषाहरू सम्पादन गर्नुहोस्

  • सरलीकृत चिनियाँ देखि अङ्ग्रेजी 
  • परम्परागत चिनियाँ देखि अङ्ग्रेजी
  • डच देखि अङ्ग्रेजी 
  • डच देखि फ्रान्सेली 
  • अङ्ग्रेजी  देखि  सरलीकृत चिनियाँ 
  • अङ्ग्रेजी  देखि  परम्परागत चिनियाँ 
  • अङ्ग्रेजी  देखि  डच
  • अङ्ग्रेजी  देखि  फ्रान्सेली 
  • अङ्ग्रेजी  देखि  जर्मनेली
  • अङ्ग्रेजी  देखि  ग्रिसेली
  • अङ्ग्रेजी  देखि  इटालेली
  • अङ्ग्रेजी  देखि  जापानी 
  • अङ्ग्रेजी  देखि  कोरियाली 
  • अङ्ग्रेजी  देखि  पोर्चुगाली
  • अङ्ग्रेजी  देखि  रूसी
  • अङ्ग्रेजी  देखि  स्पेनी
  • फ्रान्सेली देखि  डच
  • फ्रान्सेली  देखि  अङ्ग्रेजी
  • फ्रान्सेली  देखि  अङ्ग्रेजी 
  • फ्रान्सेली  देखि  ग्रिसेली
  • फ्रान्सेली  देखि  इटालेली
  • फ्रान्सेली  देखि  पोर्चुगाली
  • फ्रान्सेली  देखि  स्पेनी

जर्मनेली देखि  अङ्ग्रेजी 

  • जर्मनेली देखि  फ्रान्सेली 
  • ग्रिसेली देखि  अङ्ग्रेजी 
  • ग्रिसेली देखि  फ्रान्सेली
  • इटालेली देखि  अङ्ग्रेजी 
  • इटालेली देखि  फ्रान्सेली 
  • जापानी देखि  अङ्ग्रेजी
  • कोरियाली  देखि  अङ्ग्रेजी 
  • पोर्चुगाली देखि  अङ्ग्रेजी 
  • पोर्चुगाली देखि  फ्रान्सेली 
  • रूसी देखि  अङ्ग्रेजी 
  • स्पेनी  देखि  अङ्ग्रेजी 
  • स्पेनी देखि  फ्रान्सेली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "याहु! बाबेल फिस प्रयोगकर्ताहरू!", बिङ अनुवादकको ब्लग, २०१२-०५-३१, अन्तिम पहुँच २०१२-०५-३१ 
  2. "Welcoming Yahoo! Babel Fish users!", बिङ अनुवादकको ब्लग, २०१२-०५-३०, अन्तिम पहुँच २०१२-०५-३१ 
  3. "Yahoo's Babel Fish replaced with Bing Translator", Neowin.net, June 3, 2012, Jon Callaham। 
  4. ४.० ४.१ "Yahoo Launches Babel Fish", Techshout.com, April 2006। 
  5. "Babelfish: English", १९९९-०४-२७, मूलबाट १९९९-०४-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-२२ 
  6. Edge, Business (२००३-०५-१५), "BabelFish on the move - Business Edge News Magazine Archives", Businessedge.ca, मूलबाट २०११-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-२० 
  7. Hansell, Saul (फेब्रुअरी १९, २००३), "Overture Services to Buy AltaVista for $140 Million", The New York Times 
  8. "Yahoo to acquire Overture", जुलाई १३, २००३, मूलबाट जुलाई ८, २००७-मा सङ्ग्रहित। 
  9. "AltaVista history", Websearchworkshop.co.uk, १९९५-१२-१५, अन्तिम पहुँच २०१२-०९-२० 
  10. "Welcoming Yahoo! Babel Fish users!", Microsoft Translator (and Bing Translator) Official Team Blog, अन्तिम पहुँच २०१२-०६-२२ 
  11. "BabelFish continues to grow international presence", मार्च ७, २००३, मूलबाट २०१६-०२-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०८ मिति
  12. "Public Whois of BabelFish", Verisign Registry, अन्तिम पहुँच २०१२-०७-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्