यलमाया केन्द्र ललितपुर जिल्लामा अवस्थित एक जमघटस्थल हो। यो ललितपुरको पाटनढोकामा अवस्थित छ। ललितपुर जिल्लाको पुरानो नाम यल हो त्यसैबाट यो केन्द्रको नाम रहेको हो। यो केन्द्र परिसरमा ३ वटा सभाहल बग्गीखाना, गौशाला१ तथा गौशाला२ एउटा खुला चौर र एउटा रेष्टुराँ ढोकैमा क्याफे रहेका छन्। राणा जर्नेल मदन सम्शेरको बग्गीखाना र गाईको गोठहरूलाई परिमार्जन गरेर यी सभाहलहरू बनाइएका हुन्।


यस केन्द्रमा हरेक नेपाली महिनाको २ गते शास्त्रीय संगीतको कार्यक्रम तथा केही साप्ताहिक रूपमा चल्ने नियमित कार्यक्रमहरू सञ्चालन हुन्छन्। [१]




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Polishing your personality वेब्याक मेसिन अभिलेखिकरण २०११-११-२९ मिति